arrow

एलन मस्कको कम्पनीले गर्‍यो २३ वटा भूउपग्रह प्रक्षेपण

logo
हाम्रा कुरा
प्रकाशित २०८० चैत १९ सोमबार
indian-space-isro.jpg

काठमाडौँ । अर्बपति एलन मस्कको कम्पनी स्पेस–एक्सले शनिबार २३ वटाभन्दा बढी स्टारलिङ्क भूउपग्रह अन्तरिक्षमा प्रक्षेपण गरेको छ ।

स्पेस–एक्सका अनुसार, अमेरिकाको फ्लोरिडास्थित केप कानाभारल स्पेस फोर्स स्टेसनबाट उक्त भूउपग्रह प्रक्षेपण गरिएको हो ।

कम्पनीले फाल्कन ९ नामक रकेट मार्फत् २३ वटा स्टारलिङ्क उपग्रह प्रक्षेपण गरेको जनाएको छ । 

स्टारलिङ्क भूउपग्रहहरुले पृथ्वीका दुर्गम क्षेत्र र इन्टरनेटको पहुँच कमजोर भएका क्षेत्रहरुमा उच्च गतिको ब्रोडब्यान्ड इन्टरनेट सेवा उपलब्ध गराउने कम्पनीको भनाई छ । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ