arrow

मन्त्री थप्दै जम्कट्टेल

logo
हाम्रा कुरा
प्रकाशित २०८० चैत १८ आइतबार
salikram-jamkattel.jpg

काठमाडौँ । बागमती प्रदेश सरकारका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले मन्त्रिपरिषद् विस्तार गरेका छन् । 

मुख्यमन्त्री जम्कट्टेलको सिफारिसमा प्रदेश प्रमुख यादवचन्द्र शर्माले नेपाल कम्युनिष्ट पार्टी (एमाले) प्रदेशसभा संसदीय दलका नेता जगन्नाथ थपलियालाई आर्थिक मामिला तथा योजना मन्त्रीमा नियुक्त गरेका हुन् । 

नवनियुक्त मन्त्री थपलियालाई प्रदेशप्रमुख शर्माले शनिबार साँझ पद तथा गोपनीयताको शपथ गराए । 

थपलिया दोस्रोपटक प्रदेश सरकारको आर्थिक मामिला तथा योजनामन्त्री बनेका हुन्। 

उनले यसअघि २०७९ पुस २६ गते सो मन्त्रालय सम्हालेका थिए। 

यसअघि मुख्यमन्त्री जम्मट्टेललेहाम्रो नेपाली पार्टी बागमती प्रदेश संसदीय दलका नेता शैलेन्द्रराज बज्राचार्यलाई मन्त्रीमा नियुक्त गरेका थिए । 

बागमती प्रदेशको मौजुदा मन्त्रिपरिषद्मा नेपाली कांग्रेसको तर्फबाट समावेश भएका छ जना मन्त्रीले गत फागुन २३ गते राजीनामा दिई पार्टीको तर्फबाट दिएको समर्थन फिर्ता लिएका कारण वर्तमान मुख्यमन्त्री जम्मट्टेल अल्पमतमा परेका छन् । 


 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ