arrow

संघर्ष

logo
कविता गौतम, 
प्रकाशित २०८० चैत १७ शनिबार
kabita-gautam-80-12-17.jpg

आज सपनाहरू पछ्याउँदै  
संघर्षको यात्रामा हिँड्दै गर्दा
कति प्रयासहरुले 
असफलताको बेरङ्ग दाग 
ममाथि लगाइरह्यो 
मेरो हिम्मत 
मेरो क्षमतालाई चुनौती दिइरह्यो 
निराशाका काला बादलहरु 
यो मन र मस्तिष्कमा हावी भइरह्यो 
 तर मैले म भित्रको
त्यो सपना प्राप्तिको हुटहुटीलाई 
निभ्न भने दिएको छैन 
      तर कहिलेकाहिँ आफैँलाई 
हारेको महसुस गर्छु 
यो समयको खेलसँग
अनि भाग्यको खेलसँग
अनि फेरि एकान्तमा बसेर एक्लै  सोच्छु 
फेरि मेरो घर परिवारले 
ममाथि राखेको आश
मेरो प्रगतिको बाटो 
कुर्दै गरेका ती मुहारहरुको 
खुब याद आउँछ 
मलाई जिन्दगीले 
अनेक चुनौती 
र परिस्थितिले घेरे पनि  
हार्ने अधिकार पनि त छैन 
आफ्नो लागि नभए पनि 
परिवारको लागि म 
भर्खर बामे सर्दै गरेको बच्चा जस्तै 
सुस्त सुस्त अघि बढिरहेछु 
कहाँ सम्म पुगेपछि  
अनि  कति  पटक ठेस लागेपछि 
गन्तव्य मिल्ने हो थाहा छैन 
तर गन्तव्य मिलेको
मेरो संघर्षले जितेको दिन 
म अवश्य खुशी हुने छु
अनि मनको फिक्कापन
कठिनाइ भुलेर एकदिन 
मज्जाले म पनि हाँस्ने छु 
अनि मेरो परिवारलाई पनि खुशी दिने छु ।
 



लोकप्रिय समाचार
नयाँ