arrow

पर्यटक पर्खिरहेको घोडेपानीको लालीगुराँस [फोटोफिचर]

logo
हाम्रा कुरा
प्रकाशित २०८० चैत १७ शनिबार
rhododendron-ghodepani-80-1.jpg

म्याग्दी । म्याग्दी, घोडेपानी अहिले लालीगुराँसले ढकमक्क भरिएको छ । समुद्री सतहदेखि तीन हजार दुई सय मिटर उचाइमा रहेको घोडेपानी (पुनहिल चक्रिय अन्नपूर्ण पदमार्गको उत्कृष्ट पर्यटकीय गन्तव्य हो । 

पुनहिलबाट हिमशृङ्खला र सूर्योदयको सुन्दर दृष्यको दृश्यावलोकन गर्न पाइन्छ। पोखरादेखि नयाँ पुल, उल्लेरी भएर एकै दिन र घान्द्रुक भएर दुई दिनमा घोडेपानी पुग्न सकिन्छ। 

म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६ मा रहेको घोडेपानीको गुराँसको जङ्गल गण्डकी प्रदेशकै ठूलो मानिन्छ । नेपालमा पाइने ३२ मध्ये यहाँ स्रोह प्रजातिका लालीगुराँस पाइन्छन् । 

बसन्त ऋतृमा पाखाभरी ढकमक्क फुल्ने लालीगुराँसले मनमोहक देखिन्छ। घोडेपानीमा बसेका पर्यटक बिहानै करिब ४० मिनेट उकालो हिँडेर पुनहिलमा दृष्य अवलोकन गर्न पुगिन्छ ।

पुनहिलबाट धौलागिरि, सिस्ने, गुर्जा, मानापाथी, नीलगिरि, अन्नपूर्ण, माछापुच्छ्रे , मनासलु हिमालको अवलोकन गर्न सकिन्छ । घोडेपानी र पुनहिलमा घुम्न आउने पर्यटकको बसाइँ लम्ब्याउने उद्देश्यले गुराँसे जंगलबीचमा रहेको कालीसारमा डिभिजन वन कार्यालय म्याग्दीको सहयोगमा लालीगुराँस पार्क निर्माण पनि गरिएको छ ।

rhododendron-ghodepani-80-12-17 (1).jpg
rhododendron-ghodepani-80-12-17 (2).jpg
rhododendron-ghodepani-80-12-17 (3).jpg
rhododendron-ghodepani-80-12-17 (4).jpg
rhododendron-ghodepani-80-12-17 (5).jpg
rhododendron-ghodepani-80-12-17 (6).jpg
rhododendron-ghodepani-80-12-17 (7).jpg
rhododendron-ghodepani-80-12-17 (8).jpg
rhododendron-ghodepani-80-12-17 (9).jpg
rhododendron-ghodepani-80-12-17 (10).jpg
rhododendron-ghodepani-80-12-17 (11).jpg
rhododendron-ghodepani-80-12-17 (12).jpg
rhododendron-ghodepani-80-12-17 (13).jpg
rhododendron-ghodepani-80-12-17 (14).jpg
rhododendron-ghodepani-80-12-17 (15).jpg


लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ