arrow

बालिकालाई जबर्जस्ती करणी गर्न खोज्ने युवक पक्राउ

logo
हाम्रा कुरा
प्रकाशित २०८० चैत १६ शुक्रबार
Lamjung-hamrakura.jpg.jpeg

लमजुङ । जिल्ला प्रहरी कार्यालय लमजुङले १२ वर्षीया बालिकालाई जबर्जस्ती करणी गर्न खोज्ने एक युवकलाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा राइनास नगरपालिका वडा नं. ८ का ३२ वर्षीय अमृतबहादुर अधिकारी रहेका छन् ।

प्रहरीका अनुसार युवकले चैत १२ गते सोमबार बिहान ८ बजेतिर बाटोमा एक्लै हिँडिरहेकी बालिकालाई जबर्जस्ती गर्न खोजेका थिए ।

उजुरीका आधारमा बुधबार अधिकारीलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी निरीक्षक थानेश्वर चपाईंले जानकारी दिए ।

अधिकारीबिरुद्ध जिल्ला अदालतबाट सात दिनको म्याद थप अनुमति लिई अनुसन्धान शुरु गरिएको इन्स्पेक्टर चपाईंले जानकारी दिए ।

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ