arrow

तरुण दल नेतृत्वलाई विधि र विधानभित्र रही समयमै अधिवेशन गर्न आग्रह

logo
हाम्रा कुरा
प्रकाशित २०८० चैत १५ बिहिबार
niranjan-thapa-tarundal.jpg
तस्बिर – फाइल ।

काठमाडौँ । नेपाली कांग्रेसको संगठन नेपाल तरुण दल नेतृत्वलाई विधि र विधान भित्र रही समयमै अधिवेशन सम्पन्न गर्न आग्रह गरिएको छ । तरुण दलका केन्द्रीय सदस्य निरञ्जन थापाले अध्यक्षलाई पत्र लेख्दै विधि र विधान भित्र रही समयमै अधिवेशन सम्पन्न गर्न आग्रह गरेका हुन् । 

उनले नेपाली कांग्रेसका संस्थापक बीपी कोइरालाले कांग्रेस भन्दा भ्रातृ संस्था भन्दा फरक ढंगले तरुण दललाई लिँदै मुलुक परिवर्तनको मेरुदण्ड मानेको भन्दै तरुण दलको गरिमा बचाउन पनि आग्रह गरेका छन् । 

उनले तरुण दललाई जीवन्त राख्न विभिन्न काम गर्न आग्रह गर्दै बुँदासमेत तयार गरेका छन् । उनले पार्टी महामन्त्री गगनकुमार थापाले गत फागुन १० गते ललितपुरको गोदावरीमा सम्पन्न कांग्रेसको महासमिति बैठकमा असार महिनाभित्र तरुण दलको महाधिवेशन सक्नुपर्ने प्रस्ताव सर्वसम्मत पारित भएको भन्दै अब ढिला नगरी अधिवेशन गर्न निरञ्जन थापाले जोड दिएका छन् ।

यस्तो छ उनको पत्र– 

मितिः२०८०/१२/१५, बिहीबार
श्री अध्यक्ष ज्यू,
नेपाल तरुण दल
केन्द्रिय कार्यसमिति ।

२०१० साल कार्तिक १० गते नेपाल तरुण दलको स्थापना गर्दै गर्दा महामानव वि.पि कोइरालाले नेपाली कांग्रेस  भातृ संस्था भन्दा फरक ढंगले नेपाल तरुण दललाई लिदै मुलुक परिवर्तनको मेरुदण्ड मानेका थिए । खासगरी आँट, साहस, प्रतिभा र राजनैतिक चेत भएका युवा, विद्यार्थी र तरुणकै माध्यमबाट समाजवादी विचारलाई जनतामा स्थापित गराउने महान लक्ष्य र योजना उनको थियो । 
भर्खरै ललितपुरको गोदावरीमा सम्पन्न महासमिति भेलाले असार महिना भित्र तरुण दलको महाधिवेशन सक्नुपर्ने श्रद्घेय ने.का.का महामन्त्री गगन कुमार थापाको प्रस्ताव सर्वसम्मत पारित भएको छ । अव हाम्रो सामु कुनै वहाना छैन र स्पष्ट खाका सहित तरुण दलको सदस्यता वितरण , विधान अनुरुपको प्रदेश संरचना, देशै भरि प्रशिक्षण र केन्द्रिय महाधिवेशन गर्नको लागी हामीलाई समय अपुग भए समय थप गर्ने गरी वडा देखि केन्द्रसम्मको महाधिवेशनका निम्ति क्यालेन्डर निर्माण गर्नुपर्नेछ । 
कुल १६५ निर्वाचन क्षेत्र अन्तर्गत प्रत्येक क्षेत्रमा २÷२ जना गरि ३३० जना केन्द्रिय सदस्यहलाई परिचालन गर्ने र बाँकि ७१ जना केन्द्रिय सदस्य साथीहरुलाई विधान मस्यौदा समिति र कार्य सम्पादन समितिमा जिम्मा दिईँदा सम्पूर्ण साथीहरुको भुमिका देखिने, संगठनमा अपनत्व बढ्ने र संगठन चलायमान हुने देखिन्छ ।
अन्य पार्टीको भातृ संस्थाको सदस्य नवनी नेपाल तरुण दलको सदस्य किन बनियो÷बन्ने भन्ने प्रस्नको उत्तर दिन सक्ने गरि जनसवालका विषयमा तरुण दलको स्पष्ट धारणा हुनुपर्दछ । अत नेपाल तरुण दलले निम्न कार्य गर्नु अत्यावश्यक छ ।
•    कृषि अनुदानका नाममा वर्षौँ देखि गैर कृषक र विचौलियाहरुकोहरुको हालिमुहाली देखिएकाले उक्त विचौलियाहरुको भण्डाफोर गर्दै वास्तविक कृषकहरुको समस्याको समाधानको निम्ति सहयोग गर्ने,
•    विभिन्न पेशा व्यवसाय, अध्ययनको र श्रमको सिलसिलामा विभिन्न खाडी मुलुक, युरोप, अमेरिका लगायत अन्य देशमा रहेका नेपालीहरुको समस्या समाधान, अन्य सहजिकरण र सहयोगको निम्ति अग्रसर रहने,
•    आदिवासी, जनजाती, दलित, मुस्लिम, थारु, अल्पसंख्यक र  अन्य समुदायका युवाहरुको समस्याका पहिचान गरि सो समस्याहरुका समाधानको निम्ति आवश्यक कार्य गर्ने,
•    दैनिक जिवनमा आवश्यक पर्ने विभिन्न कागजात (जस्तै नागरिकता, राष्ट्रिय परिचयपत्र, राहदानी) वनाउनका निम्ति व्यहोर्नुपर्ने झन्झटका कारणले गर्दा अहिलेको युवा पुस्तामा चरम निराशा छ । यस्ता समस्याहरुको समाधानको निम्ति सम्बन्धित निकायमा ध्यानाकर्षण गराउने ।
•    देशमा चर्चाको विषयमा रहेको सहकारी ठगी काण्ड, भुटानी शरणार्थी काण्ड, सुन काण्ड, वाईड वडी काण्ड, एनसेल, ओम्नी, मिटर व्याजी लगायत अन्य ठुला ठुला भ्रष्टाचार काण्डका विरुद्घमा वुल्नद आवाज उठाउँदै सो भ्रष्टाचार काण्डमा आप्mनो अर्काको जो मुछिएको भएपनि कारबाहीको निम्ति सम्बन्धित निकायमा खबरदारी गर्ने ।
जसरी पसलमा बेच्न राखिएको सुनको गजुर र मुर्ति मन्दिरमा लगेर प्राण प्रतिष्ठा नगर्दा सम्म निष्प्राण हुन्छ त्यसै गरि नेपाली काङ्ग्रेसकाे सम्पूर्ण भातृ संस्था आप्mनो विधि र विधान अनुसार नचल्दा निष्प्राण हुने खतरा हुन्छ । तसर्थ नेपाल तरुण दलले आप्mनो विधि र विधान भित्र रहि समयमै अधिवेशन सम्पन्न गर्ने निर्णय गर्दै  जनसरोकारका विषयमा आप्mनो स्पष्ट धारणा प्रस्तुत गर्न सकेमा यो केन्द्रिय कार्यसमितिको बैठक नेपाल तरुण दलको र समग्र नेपाली कांग्रेस पार्टीको उत्तरोत्तर हितको निम्ति कोसेढुंगा साबित हुनेछ । जय नेपाल ।
निरञ्जन थापा
केन्द्रिय सदस्य
नेपाल तरुण दल (९८५१००८०२८)



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ