arrow

दुर्गा प्रसाईको बीएण्डसीले सम्बन्धन पाउँदा आठ बैंकको साढे पाँच अर्ब कर्जा सुरक्षित

logo
हाम्रा कुरा
प्रकाशित २०८० चैत १३ मंगलबार
durga-prasai-2080.jpg
तस्बिर – फाइल ।

काठमाडौँ । दुर्गा प्रसाईको बीएण्डसी मेडिकल कलेजले लाइसेन्स पाउँदा पाँच बैंकको ५ अर्ब ५७ करोड ऋण डुब्नबाट बचेको छ । आशयपत्र दिएर पूर्वाधार तयार गरेपछि पनि सम्बन्धन नदिएको भन्दै प्रसाईले दायर गरेको रिट उपर निर्णय गर्दै सर्वोच्च अदालतले सोमबार बीएण्डसीको पक्षमा फैसला सुनाएको हो । 

मेडिकल कलेजको आशयपत्रका आधारमा प्रसाईले पूर्वाधार तयार गर्न भन्दै ८ वटा बैंक तथा वित्तीय संस्थबाट ऋण लिएका थिए । अहिले उनका तीन वटा कम्पनीहरु बीएण्डसी मेडिकल कलेज, पूर्वाञ्चल क्यान्सर हस्पिटल, होटल एट्रियम र शुभम हाउजिङको नाममा ५ अर्ब  ५७ करोड ऋण छ । 

उनले प्रभुबाट १ अर्ब २० करोड, ग्लोबल आइएमई बैंकबाट (तत्कालीन जनता बैंक) १ अर्ब, कुमारी बैंक (तत्कालीन एनसीसी) बाट १ अर्ब, नबिल बैंक (तत्कालीन नेपाल बंगलादेश बैंक) बाट ७६ करोड लिएका थिए । 

त्यस्तै राष्ट्रिय वाणिज्य बैंकबाट ७० करोड, नेपाल इन्भेस्टमेन्ट मेगा बैंक (तत्कालीन मेगा बैंक) बाट ६५ करोड, लुम्बिनी विकास बैंकबाट १५ करोड ३० लाख, गुडविल फाइनान्सबाट ११ करोड रुपैयाँ ऋण लिएका थिए । 

उनले गत असोजसम्म कर्जाको ब्याज समयमै बझाउँदै आएको दाबी गरेका थिए ।  तर सम्बन्धन नपाएसम्म किस्ता तिर्न नसक्ने उनको अडान थियो । 

यो बीचमा २० लाभन्दा सानो ऋण मिनाहा गर्नुपर्ने अभियान चलाउँदै हिँडेका उनीविरुद्ध कुमारी बैंकले ऋण तिर्न ताकेता गरेको थियो । त्यतिबेला बैंकविरूद्ध प्रसाई अदालत गएका थिए ।

अदालतले प्रसाईकै पक्षमा निर्णय सुनाइदिएपछि अरु बैंक तथा वित्तीय संस्थाहरु समेत कर्जा असुलीलाई थाती राखेर बसेका थिए । 

अब भने उक्त ऋण उठ्ने बाटो खुलेको छ । अदालतको आदेशसँगै बीएण्डसीले सम्बन्धन पाउनेछ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ