arrow

व्यासका अध्येता न्यौपानेको अशून्यम् लोकार्पण 

logo
हाम्रा कुरा
प्रकाशित २०८० चैत १० शनिबार
asunyam-80-12-10.jpg

काठमाडौँ । व्यासका अध्येता साहित्यकार काशीनाथ न्यौपानेद्वारा लिखित उपन्यास अशून्यम् को लोकार्पण गरिएको छ। नेपाल प्रज्ञा प्रतिष्ठान कमलादीमा भएको लोकार्पणमा बोल्दै अशून्यम् उपन्यासका लेखक न्यौपानेले आफूले पहाड, नदीनाला हेर्दा ,ब्रह्माण्डको उत्पत्ति, जन्म,उमेरावस्था,मृत्युका बारेका जिज्ञासा जागेर गहिरिँदा यो जगत ब्रह्माण्ड अशून्यम्बाट शुरु भएको निष्कर्षसहित पुस्तक लेखेको बताए ।

सम्पूर्ण ब्रह्माण्डको शुरु हो भन्दै न्यौपानेले कल्पना युक्त शून्यको अवस्था अशून्यम् भएको र अशून्यम् नै चेतनाको जड कल्पना रहेको कल्पनाको श्रोत एक हो र त्यही ईश्वर हो भन्ने कुरा पुस्तकमा समेटिएको बताए । 

अशून्यम्बारे टिप्पणी गर्दै प्राध्यापक जयराज आचार्यले तनहुँको दमौलीमा चारवेद र अठार पुरारणका रचयिता वेद व्यासको अठाइसौं अवतार श्रीकृष्ण द्वैपायन व्यासको जन्म भएको भन्दै व्यासलाई चिनाउने व्यासका अध्येता काशीनाथ न्यौपानेलाई पनि तनहुँले सम्झनुपर्ने बताए । 

व्यासलाई चिनाउन अनवरतरुपमा लागेका न्यौपानेको पनि मूर्ति बनाउन आवश्यक रहेको भन्दै आचार्यले यसका लागि सबैको साथ सहयोगको आवश्यकता रहेको बताए । 

आचार्यले अशून्ययम् पुस्तकले चिन्तन गर्ने प्रेरणा दिने , शून्यमा समाहित हुने आधुनिक वैज्ञानिकको सृष्टि प्रतीको धारणा समेटिएको पुस्तक रहेको बताए । 

त्यस्तैगरी डा. पद्मप्रसाद देवकोटाले अशून्यम्ले आफूलाई आकर्षित गरेको काल्पनिक सत्यतिर लम्किएको अनुभव रहेको बताए । देवकोटाले अशून्यम्दर्शन शास्त्रमा हलचल ल्याउने दर्शनको फ्युजन वैज्ञानिक, वेद र पूर्वयि दर्शनको जवाफ खोजेको पुस्तक रहेको बताए । 

अशून्यम् बारे टिप्पणी गर्दै प्राडा सर्वराज आचार्यले लेखकमा गहिरो चिन्तन कसरी आयो भन्ने कुरा महत्वपूर्ण रहेको बताए । आचार्यले न्यौपानेले दमौलीमा बसेर पुस्तक मार्फत वेदव्यास मार्फत तनहुँलाई विश्वमाझ चिनाउने काम गरेको बताए ।आध्यात्मिक दर्शन भित्रको चिन्तनमा डुबेर न्यौपानेले अशून्यम् प्रस्तुत गरेको बताए । 

यस्तैगरी डाक्टर प्रभा कैनीले पुस्तकको दर्शनभित्र हराएर पटक पटक पढेर मात्र बुझ्न सकिने, वेदको बारेमा लेखिएको, विश्व ब्रह्माण्डका बारेमा काशी बनारसदेखि भेट भएका योगी साधकले छलफल गरिएका कुराहरू कल्पनादेखि कल्पनासम्मका कुराहरू समेटिएर तयार गरिएको पुस्तक हेर्दा लेखकमा दार्शनिकको स्वरूप पाएको बताइन् ।

बुक हिलद्वारा प्रकाशित अशून्यम्का बारेमा बोल्दै बुकहिलका अध्यक्ष भुपेन्द्र खड्काले व्यासको तपोभूमिका अध्यताको पुस्तकभित्र दर्शन चिन्तन, वैज्ञानिक कुराहरू समेटिएको बताए । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ