arrow

नेपालको पर्यटन क्षेत्रको समृद्धिका लागि गुणस्तरीय पर्यटक ल्याउनुपर्ने

logo
हाम्रा कुरा
प्रकाशित २०८० चैत १० शनिबार
tourist-annapurna-rss.jpg

काठमाडौँ । विश्वविख्यात ट्राभल्स एजेन्सी इन्ट्रपेडका सहसंस्थापक तथा अध्यक्ष ड्यारेल वेडले नेपालको पर्यटन क्षेत्रको समृद्धिका लागि गुणस्तरीय पर्यटक ल्याउन आवश्यक रहेको बताएका छन् ।  तीन दिने नेपाल भ्रमणका क्रममा काठमाडौंमा रहेका उनले नेपालको पर्यटन क्षेत्रको समृद्धिका लागि गुणस्तरीय पर्यटक ल्याउनपर्ने आवश्यकता रहेको बताए । 

उनले नेपालले धेरै पर्यटक भन्दा पनि गुणस्तरीय पर्यटक भित्र्याउन पहल गर्नुपर्ने बताए । उनले काठमाडौंमा विश्वव्यापी पर्यटनका साथै नेपालको पर्यटन क्षेत्रको प्रवद्र्धन तथा समृद्धिका बारेमा पर्यटन व्यवसायीसँग अन्तरक्रिया गरेका थिए । उनले कति जना पर्यटक आए भन्दा पनि कस्ता पर्यटक आए भन्नेकुराले पर्यटन क्षेत्रमा बढी प्रभाव पार्ने बताए । नेपालले पर्यटकको संख्यामा भन्दापनि गुणस्तरीय पर्यटक ल्याउन बढी जोड दिए पर्यटन क्षेत्रको विकास हुने बताए ।

उनले भने, ‘कतिजना पर्यटक आए भन्दा पनि कस्ता पर्यटक आए भन्ने कुराले पर्यटन क्षेत्रमा बढी प्रभाव पार्छ, इन्ट्रपेड शुरु भएदेखि नै हामीले नेपालमा पर्यटक पठाइरहेका छौं । मेरो विचारमा नेपालले पर्यटकको संख्यामा भन्दापनि गुणस्तरीय पर्यटक ल्याउन बढि जोड दिए समग्र पर्यटन क्षेत्रको विकास हुन्छ ।’

कार्यत्रममा वेडले इन्ट्रपेड स्थापना नेपालकै कारण सम्भव भएको पनि स्मरण गर्नुभयो । अष्ट्रेलियाको मेलबर्नमा मुख्यालय रहेको इन्ट्रपेडले विश्वका १५० देशमा विभिन्न पर्यटकीय क्षेत्रको भ्रमण गराउँदै आएको छ । 

नेपाल लगायत २८ वटा मुलुकमा इन्टरपेडले कार्यालय स्थापना गरेर भ्रमण गराउँदै आएको छ । इन्टरपेड विश्वको सबैभन्दा धेरै पर्यटकलाई भ्रमण गराउने ट्राभल एजेन्सीमध्ये एक हो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ