arrow

कोशी, बागमती र गण्डकीका केही भागमा वर्षा, हिमाली तथा उच्च पहाडी क्षेत्रमा हिमपात 

logo
हाम्रा कुरा
प्रकाशित २०८० चैत ९ शुक्रबार
kathmandu-weather-2080.jpg
तस्बिर – फाइल ।

काठमाडौँ । शुक्रबार हिमाली तथा उच्च पहाडी क्षेत्रमा हल्का हिमपातको सम्भवना रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । 

दिउँसो देशको पहाडी भू–भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भू–भागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहने छ । देशका पहाडी भू–भागका थोरै स्थान तथा तराई भू–भागका एक–दुई स्थानमा मेघगर्जन–चट्याङ सहित छिटपुटदेखि हल्का वर्षाको सम्भावना रहेको मौसमविद् गङगा नगरकोटीले जानकारी दिइन् ।

नेपालमा पश्चिमी न्यून चापीय प्रणाली तथा भारतको विहार आसपास रहेको न्यून चापीय प्रणालीको प्रभाव रहेको छ । हाल देशभर आंशिकदेखि साधारणतया बदली रहेको छ । कोशी, बागमती र गण्डकी प्रदेशका एक दुई स्थानमा हल्का वर्षा भइरहेको विभागले जनाएको छ ।

उनका अनुसार देशका उच्च पहाडी तथा हिमाली भू–भागका थोरै स्थानमा हल्का हिमपातको सम्भावना छ । तराईका क्षेत्रमा बादल लागे पनि पानी पर्ने सम्भावना न्यून छ ।

काठमाडौँको बिहानको वायुको तापक्रम १५ डिग्री सेल्सियस मापन गरिएको तथा पारदर्शिता चार किलोमिटर रहेको छ । न्यूनतम तापक्रम ११ दशमलब ७ डिग्री सेल्सियस रहेको तथा अधिकतम तापक्रम २१ देखि २३ डिग्रीको बीचमा रहने मौसमविद् नगरकोटीले बताइन् । 

यसैगरी राति कोशी, मधेस, बागमती र गण्डकी प्रदेश लगायत देशको पहाडी भू–भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भू–भागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहने छ ।  

कोशी, मधेश, बागमती र गण्डकी प्रदेशका थोरै स्थान तथा बाँकी पहाडी भू–भागका एक–दुई स्थानमा मेघगर्जन–चट्याङसहित छिटपुटदेखि हल्का वर्षाको सम्भावना छ । कोशी र गण्डकी प्रदेशका एक–दुई स्थानमा मध्यम वर्षाको सम्भावना छ । 

कोशी, बागमती र गण्डकी प्रदेशका प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको जल तथा मौसमपूर्वानुमान महाशाखाले जनाएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ