लामो समयपछि देशका धेरै भूभागमा वर्षा, काठमाडौँमा निरन्तर वर्षाले बढ्यो चिसो
बिहीबार पनि वर्षा, शुक्रबारदेखि मौसम खुल्दै जाने
हाम्रा कुरा
प्रकाशित २०८० चैत ७ बुधबार
929
Shares
काठमाडौँ । देशका धेरै भू–भागमा बुधबार वर्षा भएको छ । बागमती प्रदेशको काठमाडौँ उपत्यकासहित सिन्धुपाल्चोक, मकवानपुर, सिन्धुली तथा मधेस प्रदेश र कोशी प्रदेशमा दिउँसो मेघगर्जन–चट्याङसहित हल्कादेखि मध्यम वर्षा भएको जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाका मौसमविद् सरोज पुडासैनले जानकारी दिए ।
कोशी र मधेसमा मंगलबार रातिदेखि नै वर्षा भएको हो भने काठमाडौँ उपत्यकासहित बागमती प्रदेशमा बिहानदेखि वर्षा भएको हो ।
कोशी, गण्डकी र बागमती प्रदेशका उच्च पहाडी तथा हिमाली जिल्लामा हल्का हिमपात भएको मौसमविद् पुडासैनीले बताए ।
उनले भने, “काठमाडौँमा पानी पर्दा चिसो बढेको छ, हिमाली तथा पहाडी क्षेत्रमा हिमपात भइरहेको छ । शुक्रबारदेखि मौसम खुल्दै जानेछ ।”