arrow

नयाँ गठबन्धनको नयाँ संकल्प [भिडियो]

logo
हाम्रा कुरा
प्रकाशित २०८० चैत ६ मंगलबार
prachanda-sajha-karyakram12-06.jpg

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले ‘न्यूनतम नीतिगत प्राथमिकता र साझा सङ्कल्प’ व्यवहारमा जनतालाई सेवा दिने कुरामा जिम्मेबारीवोध र तत्परताले नै अहिलेको सत्ता समीकरणको औचित्य पुष्टि गर्ने बताएका छन् । 

सरकारमा सहभागी पाँच राजनीतिक दलद्वारा मंगलबार सार्वजनिक ‘न्यूनतम नीतिगत प्राथमिकता र साझा सङ्कल्प’मा कृषिलाई आर्थिक वृद्धि, रोजगारी सिर्जना, गरिबी निवारण, औद्योगीकरण, निर्यात व्यापार र आपूर्ति व्यवस्था अभिवृद्धिको प्रमुख क्षेत्रका रूपमा विकास गर्ने लक्ष्य लिइएको छ ।
 
भन्सार नियमनका माध्यमबाट समेत स्वदेशी उद्योग र उत्पादनलाई संरक्षण गर्ने, ज्याला रोजगारी र स्वरोजगार दुवै क्षेत्रमा कामको अवसर सिर्जना गर्ने गरी ‘मेक इन नेपाल’ अभियान सञ्चालन गर्ने सरकारको घोषणा छ । 


स्वदेशको रोजगारीलाई आकर्षक र मर्यादित बनाइने तथा वैदेशिक रोजगारीलाई सुरक्षित र सीप सिक्ने (स्किल गेन) माध्यम बनाइने साझा सङ्कल्पमा उल्लेख छ ।
    
रोजगार बैंक, स्टार्टअप कोष र व्यवसाय तयारी केन्द्र (बिजनेश इन्कुवेसन सेन्टर) को स्थापना गरी मेक इन नेपाल र मेड इन नेपाल अभियानलाई प्रवद्र्धन गर्ने, रोजगारी सिर्जना हुने क्षेत्रमा राज्यको लगानी बढाउने, ‘गिग’ अर्थतन्त्रमा युवाको ‘पार्ट–टाइम’ आबद्धतालाई प्रोत्साहित गर्ने सरकारको योजना छ ।
 
उद्योग, व्यापार र सेवालगायत सबै क्षेत्रमा व्यावसायिक वातावरण सिर्जना गरी उद्यमी–व्यवसायीको टुटेको मनोबललाई उठाउने, निजी क्षेत्रका सङ्घकै साझेदारीमा हरेक पालिकामा ‘बजार मिल्दो, युवा केन्द्रित’ सीपमूलक कार्यक्रम सञ्चालन गर्ने, कृषिमा आधारित उद्योगमा संलग्न हुने नेपालीलाई ऋण तथा सहुलियतका ‘स्किम’ ल्याइने साझा सङ्कल्पमा उल्लेख छ ।
 
पालिकास्तरमा ‘भूमि बैंक’ जस्ता उपायबाट जमिनको व्यवस्था गर्ने, स्थानीय बैंक÷वित्तिय संस्थामार्फत पुँजीको व्यवस्था गर्ने, सिँचाइ, मल, औजार–उपकरण आदिको प्रबन्ध गर्ने, कृषिउपजको बीमा गर्ने, त्यसको समर्थन मूल्य तोक्ने र व्यावसायिक उत्पादनकर्तासँग अग्रिम खरिद सम्झौतासहितको प्रणाली विकास गर्ने सरकारको योजना छ ।
 
व्यवसाय, लगानी र व्यापारसँग सम्बन्धित अन्तर्राष्ट्रिय ‘बेञ्चमार्किङ’का सूचकाङ्कमा सुधार गर्ने, उद्योग, कृषि तथा पशुपालन क्षेत्रमा आयात प्रतिस्थापनसँगै निर्यातको सम्भावना भएका उत्पादनमा आत्मनिर्भरता बढाउने योजना अघि बढाउन तरकारी, फलफूल र माछालगायत खाद्यवस्तु, जुत्ता, सिमेन्ट, आँखाको इन्ट्राओक्युलर लेन्सलगायतका औषधि आदिको उत्पादन र उपयोगलाई प्राथमिकता दिने उल्लेख छ ।
 
आर्थिक सम्भाव्यताका रुग्ण उद्योगलाई सार्वजनिक निजी साझेदारीको अवधारणाअनुरूप पुनःसञ्चलनमा ल्याउने, काम, रोजगारी र सामाजिक सुरक्षाका प्रबन्धबाट सबैका लागि नियमित कमाइ हुने वातावरण बनाउने साझा सङ्कल्पमा उल्लेख छ ।

उनले भने, ‘यो कार्यक्रमको घोषणा भन्दा कार्यान्वयनमा बढी जोड दिनुपर्छ । हामीले कार्यक्रम र नीति भाषामा कस्तो बनायौँ भन्नेकुरा भन्दा ठूलो कुरा हामी अब व्यवहारमा जनतालाई डेलिभरी दिने हिसावले कति जिम्मेबारीवोध गरी, कति गम्भीरता र तत्परताका साथ अघि बढ्छौँ भन्नेकुराले कार्यक्रम र समीकरणको औचित्यलाई पुष्टि गर्दछ । यो समीकरण र यो संकल्पले पनि जनतामा नयाँ आशा जगाउन सकिएन भने र विकासलाई गति दिन सकिएन भने साँच्चै नै देश अफ्ठ्यारोमा जाने खतरा छ । हिजोका हाम्रो घोषणा र आजको घोषणा हिजोको परिस्थिति र आजको परिस्थितिमा फरक आएको छ । अब हामी सबैले इमान्दारिताकासाथ राष्ट्रको वृहत्तर हितको निम्ति जनतालाई सुशासनको प्रत्याभुति दिनको निम्ति, विकास र समृद्धिको नयाँ यात्रा हामीले आरम्भ गर्दैछौँ भनेर सेवा प्रवाह गर्नका निम्ति विशेष अपिल गर्न चाहन्छु । म प्रधानमन्त्रीको हैसियतमा सबै मन्त्रालय र सबै निकायहरुलाई निर्देशन दिन चाहन्छु । अब फेरि एक पटक हामीले कामद्बारा, परिणामद्बारा सुशासन र समृद्धिको नयाँ यात्राद्बारा जनताको भरोसा जित्नुछ । त्यसमा नै यो समिकरणको र यो संकल्प प्रश्तावको औचित्य रहेको छ । हामी एउटा नयाँ संकल्पका साथ अब देश र जनताको पक्षमा काम गर्ने नयाँ स्प्रिड लिएर आएका छाँै । अहिले समाजमा नकारात्मक भाष्य बनाउने र नकारात्मक कुरालाई बढी प्रोत्साहित गने प्रवृत्ति हाबी छ । हामीले त्यसलाई बिस्तारै सकारात्मकतातिर लैजानु छ ।’

प्रधानमन्त्री दाहालले वर्तमान सरकार नयाँ संकल्पका साथ अब देश र जनताको पक्षमा काम गर्ने नयाँ स्प्रिड लिएर आएको बताए । अहिले समाजमा नकारात्मक भाष्य बनाउने र नकारात्मक कुरालाई बढी प्रोत्साहित गने प्रवृत्ति हाबी रहेको बताए । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ