arrow

पहाडी भू–भागमा आंशिक बदली 

logo
हाम्रा कुरा
प्रकाशित २०८० चैत ३ शनिबार
weather-2022-evergreen.jpg
तस्बिर – फाइल ।

काठमाडौँ । देशको पहाडी भू–भागमा शनिबार मौसम आंशिक बदली रहने छ । अन्य भू–भागमा भने मौसम सफा रहेको छ ।

जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशको पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागको मौसम मुख्यतया सफा छ । 

दिउँसो र राति उच्च पहाडी तथा हिमाली भू–भागका केही  स्थानमा हल्का हिमपातको सम्भावना छ । राति देशभर आंशिक बदली रही मौसम मुख्यतया सफा रहने छ । 

महाशाखाका अनुसार आइतबार कोशी प्रदेश, गण्डकी प्रदेश र कर्णाली प्रदेशका केही भू–भागमा हिमपातको सम्भावना छ । 

सोमबार पनि केही ठाउँमा हिमपातको सम्भावना छ । मुलुकमा हाल पश्चिमी न्यूनचापीय प्रणाली र स्थानीय वायुको मिश्रित आंशिक प्रभाव छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ