arrow

मेरो जिन्दगी पीरमा परेछ

logo
कविता गौतम,
प्रकाशित २०८० चैत ३ शनिबार
kabita-gautam-80-12-03.jpg

खै कसरी भनुँ तिमीलाई
मेरो यो जिन्दगी पीरमा परेछ 
दुःख पीडा जति 
सबै मेरै तक्दिरमा परेछ ।
अचेल त हिँड्दा पनि 
ठेस मेरै पाउमा मात्र लाग्छ 
सोँचे खुट्टालाई पनि आँखा आवश्यक परेछ ।
हिजोसम्म जिन्दगी 
सँगै कटाउनुपर्छ प्रिय भन्थेउ 
आज बोलचाल बन्द हुँदैछ  
लाग्छ रोजाइमा कोही अर्कै परेछ ।
छिमेकी हो भनेर उठाउन गएनन् 
म लड्दा पनि कोही आफन्त 
भन्छन् पछि बल्ल थाहा भो 
लडेको त आफ्नै घरकै परेछ । 
खै कसरी भनुँ 
यो जिन्दगी पीरै पीरमा परेछ ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ