arrow

रौतहटमा भारतीय लुटेरा समूहले गोली प्रहार गरेर ५२ लाख रुपैयाँ लुट्यो, तीन जना पक्राउ

logo
हाम्रा कुरा
प्रकाशित २०८० चैत २ शुक्रबार
ime-local-agent-thiefth.jpg

रौतहट। रौतहटको पोरहा नगरपालिका–९ मा रहेको शिव मनि ट्रान्सफरमा प्रवेश गरेर भारतीय लुटेराको समूहले गोली प्रहार गरेर ५२ लाख रुपैयाँ लुटेको छ।

शुक्रवार दिउँसो भारतीय तीन जनाको हतियारधारी लुटेराको समूहले मनि ट्रान्सफरमा प्रवेश गरेर नगद काउन्टरमा बसेका नितेष शाहलाई गोली प्रहार गरेर ५२ लाख रुपैयाँ लुटेको रौतहट प्रहरीका प्रवक्ता डिएसपी  एलिजा गिरीले जानकारी दिइन्।

उनका अनुसार शाहको टाउकोमा लक्षित गरी प्रहार गरेर गोली छल्दा कानमा लागेको छ । उनलाई उपचारका लागि वीरगन्ज पठाइएको छ। भारतीय नम्बरको मोटरसाइकलमा आएका उनीहरू ५२ लाख रुपैयाँ लिएर भारततर्फ भाग्न खोज्दा प्रहरीले पक्राउ गर्न सफल भएको छ।

नेपाल प्रहरीले भारत बिहार मोतिहारीका मनिषकुमार यादव र राजाकुमार पासवान र सशस्त्र प्रहरीले चन्द्रभान सिंहलाई नगदसहित नै पक्राउ गरेको डिएसपी गिरीले जानकारी दिइन्।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ