arrow

फ्रिजमा लुकाएको खैरो हेरोइनसहित एक जना पक्राउ

logo
सरोजश्री अधिकारी,
प्रकाशित २०८० चैत १ बिहिबार
khairo-heroin-80-12-01.jpg

काभ्रे । काभ्रेपलाञ्चोक जिल्ला पनौती नगरपालिका वडा नम्बर ५ मा अवैध लागुऔषध खैरो हेरोइनसहित एक जना पक्राउ परेका छन् । 

अवैध लागुऔषध खैरो हेरोइन ३८ ग्रामसहित पनौती नगरपालिका ५ बस्ने ४१ वर्षीय नकुल तिमल्सिनालाई बुधबार राति प्रहरीले पक्राउ गरेको हो ।

लागूऔषध नियन्त्रण ब्युरो शाखा कार्यालय काभ्रेबाट खटिएको प्रहरीले उनको घरको फ्रिजमा लुकाइ राखेको अवस्थामा फेला पारेको हो ।

उनको घरबाट प्रहरीले ३८ ग्राम खैरो हेरोइनसहित डिजिटल तराजु १ थान, नगद रु ३० हजार र निजको नागरिकता प्रमाणपत्र १ थान र मोबाइल २ थान बरामद गरेको छ ।

घटनाका सम्बन्धमा थप अनुसन्धानको लागि इलाका प्रहरी कार्यालय बनेपा लगिएको जिल्ला प्रहरी कार्यालय काभ्रेले जनाएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ