arrow

विश्वासको मत माग्दै प्रधानमन्त्री प्रचण्डले के भने ? [भिडियो]

logo
हाम्रा कुरा
प्रकाशित २०८० फागुन ३० बुधबार
prachanda-11-30.jpg

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विश्वासको मत मागेका छन् । बुधवारको प्रतिनिधि सभाको बैठकमा प्रधानमन्त्री दाहालले विश्वासको मत मागेका हुन् । 

प्रधानमन्त्री प्रचण्डले आजको संसद बैठकमा विश्वासको मत लिने क्रममा पछिल्लो राजनीतिक घटनाक्रम उथलपुथलकै निरन्तरता भएको बताए । उनले नेपाली कांग्रेसभित्रको कचिङ्गल सफा भए पनि आफू खुशी हुने बताए । उनले नेपाली कांग्रेसको समर्थनमा आफू एक पटक मात्रै प्रधानमन्त्री भएको र कांग्रेस नेकपा –माओवादी केन्द्र) को समर्थनमा कांग्रेसबाट दुई पटक प्रधानमन्त्री बनेको बताए ।

प्रधानमन्त्री पुष्पकमल दाहालले पछिल्लो एक वर्षमा कांग्रेस भित्रका विचार समूहहरूको द्वन्द्वले सरकार र गठबन्धनमा पारेको प्रभावबाट आफू आजित भएको बताए। उनले पछिल्लो एक वर्षमा कांग्रेस भित्रका विचार समूहहरूको द्वन्द्वले सरकार र गठबन्धनमा पारेको प्रभावले आफू आजित भएकाले गठबन्धन फेर्नुपरेको बताए । उनले गठबन्धनमा गरेको परिवर्तन वा समीकरणमा गरिएको परिवर्तनसँगै कांग्रेस भित्रको आन्तरिक एकताको कारक बन्न पाएकोमा आफू सन्तुष्ट रहेको बताए ।

प्रधानमन्त्री दाहालले वर्तमान सत्ता गठबन्धन नेपाली कांग्रेसको विश्वासघातको जगमा खडा भएको बताए । उनले आफ्नो आलोचना गर्नेहरूप्रति लक्षित गर्दै उनले आफूले सत्ताच्युत हुँदै कहिल्यै शोक गीत गाउँदै नहिँडेको बताए । उनले आफूले विगतमा पनि देश सङ्कटमा रहँदा प्रतिपक्ष नभई सरकारकै सहयोगमा लागेको स्मरण गरे।

उनले भने, ‘मैले अहिले प्राप्त गरेको प्रधानमन्त्री नेपाली कांग्रेसको विश्वासघातको जगमा खडा भएको छ । आज मलाई आलोचना गरिरहने साथीहरूलाई सोध्न चाहन्छु, मैले कहिले शोक गीत त गाउँदै हिँडिन । मैले कहिल्यै त्यस्तो आरोप लगाइन । म अहिले यो पनि सम्झिरहेको छु, त्यो बेला सुशील कोइराला प्रधानमन्त्री हुनुहुन्थ्यो, म प्रतिपक्ष दलको नेता थिएँ । देशभा भूकम्प गयो, ठुलो जनधनको क्षति भयो, म प्रतिपक्ष छैन, अब म नेपाली जनताको पक्षमा छु भनेको थिएँ । मैले बरु राष्ट्रिय सहमतिको आधार तयार पार्न समेत काम गरेको थिएँ ।’।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ