arrow

एमालेमा सरकारको आलोचना गर्न नपाइने

'दिल खोलेर' प्रचण्डलाई विश्वासको मत दिन ओलीको निर्देशन [भिडियो]

गर्नुपरे पार्टीको अनुमति अनिवार्य

logo
हाम्रा कुरा
प्रकाशित २०८० फागुन २९ मंगलबार
oli-prachanda-nirdeshan-11-29.jpg

काठमाडौँ । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले बिना हिच्किचावट  दिल खोलेर प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई विश्वासको मत दिन निर्देशन दिएका छन् । मंगलबार पार्टी संसदीय दलको बैठकमा अध्यक्ष ओलीले प्रधानमन्त्री प्रचण्डको प्रशंसा गर्दै दिल खोलेर विश्वासको मत दिन एमाले सांसदहरूलाई निर्देशन दिएका हुन् । 

अध्यक्ष ओलीलेले कांग्रेससँगको गठबन्धन अनुचित भएको भन्दै छोडेर उचित गठबन्धन बनाएको बताए । उनले त्यस कारण प्रचण्डलाई मत दिनुपर्ने सुनाए । 

अध्यक्ष ओलीलेले भने,' भोलि प्रधानमन्त्रीमाथि विश्वासको मत छ भनेर हामीले भन्नुपर्नेछ । पहिले पहिलेका कुराहरूमा प्रधानमन्त्रीले गल्ती पनि गरेको हुनसक्छ, ठूल्ठूला गल्ती । उहिलेका कुरा । अहिले प्रधानमन्त्रीले एकदम राम्रो काम गर्नु भएको छ । अहिलेको अवस्थामा उहाँले चालेको कदम सकारात्मक छ, राम्रो कदम । त्यस कारण प्रधानमन्त्रीलाई बिना हिच्किचावट दिल खोलेर विश्वासको मत दिन म निर्देशन गर्दछु  ।’

उनले सरकारको आलोचना नगर्न पार्टीका सांसदहरूलाई निर्देशन दिए । कुनै आलोचना गर्नुपर्‍यो भने पार्टीको अनुमति लिएर मात्रै गर्न सकिनेतर्फ पनि सिंगो पार्टी पङ्क्तिलाई सचेत गराए ।

उनले भने, ‘म फेरि पनि दोहोर्‍याएर भन्न चाहन्छु–सरकारको आलोचनामा बोल्ने होइन । सरकारको कुनै आलोचना गर्नुपर्‍यो भने आन्तरिक रूपमा गर्दा हुन्छ ।'



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ