arrow

प्रचण्डलाई रास्वपाले विश्वासको मत दिने, ह्वीप जारी

logo
हाम्रा कुरा
प्रकाशित २०८० फागुन २९ मंगलबार
prachanda-ravi-2079-10-17.jpg

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपा ले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई विश्वासको मत दिने निर्णय गरेको छ । 

मंगलबार सिंहदरबरास्थित पार्टीको संसदीय दलको कार्यालयमा बसेको संसदीय दलको बैठकले विश्वासको मत दिने निर्णय गर्दै ह्वीप जारी गरेको छ । 

संसदीय दलबाट सर्वसम्मतिले सत्ता साझेदारीलाई अनुमोदन गर्ने निर्णय भएको प्रमुख सचेतक सन्तोष परियारले बताए । उनले सरकारलाई सबै सांसदहरूले विश्वासको मत दिने र त्यसका लागि प्रमुख सचेतकले ह्वीप जारी गरेको बताए । 

उनले जिम्मेवारी बाँडफाँट, संवैधानिक आयोगका बारेमा प्रमुख सचेतक र सचेतकले बुझेर आगामी दिनमा राष्ट्रिय स्वतन्त्र पार्टी सत्ता साझेदारी भइरहँदा देश र जनताका हितमा खेल्ने भूमिकाका सन्दर्भमा अध्ययन गरेर अघि बढ्ने निर्णय भएको बताए ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ