arrow

केएमसीको टोलीले काठमाडौँको तारकेश्वरमा गर्यो नौ सय बिरामीको निःशुल्क उपचार

logo
हाम्रा कुरा
प्रकाशित २०८० फागुन २८ सोमबार
kmc-checkup-80-11-28.jpg

काठमाडौँ । नेपाली कांग्रेसका सांसद डा. सुनीलकुमार शर्माको काठमाडौँ मेडिकल कलेज पब्लिक लिमिटेड (केएमसी) को स्वास्थ्य टोलीले काठमाडौँको तारकेश्वरमा निःशुल्क स्वास्थ्य शिविर आयोजना गरेको छ । 

युनाइटेड स्कलर्स एकेडेमीको आयोजना तथा लाइन्स क्लब अफ काठमाडौँको सहआयोजनमा एकेडेमीको प्राङ्गण तारकेश्वर नगरपालिका २ मा भएको स्वास्थ्य शिविरमा ९२२ बिरामीको उपचार गरिएको केएमसीका प्रबन्धक नारायणप्रसाद दाहालले जानकारी दिए । 

बिरामीमध्ये ८९ जनाको ईसीजी, १११ जनाको ल्याब परीक्षण र ९७ जनाको भिडियो एक्सरे गरिएको थियो ।

त्यस्तै २२ जनाको दाँत खोलिएको थियो भने ३४ बिरामीलाई शल्यक्रियाका लागि रेफर गरिएको छ । 

डा. शर्माले सम्हालेपछि केएमसीले सामाजिक उत्तरदायित्व अन्तर्गत देशका विभिन्न भागमा पुगेर निरन्तर निःशुल्क स्वास्थ्य शिविर गर्दै आएको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ