arrow

प्रधानमन्त्रीले विश्वासको मत लिनुअघि सभामुखले बोलाए परामर्श बैठक

logo
हाम्रा कुरा
प्रकाशित २०८० फागुन २८ सोमबार
prachanda-devraj.jpg
फाइल तस्बिर

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले विश्वासको मत लिनु अघि सभामुख देवराज घिमिरेले परामर्श बैठक बोलाएका छन् । 

सभामुख घिमिरेले विश्वासको मत लिनेसम्बन्धी व्यवस्थाका लागि फागुन २९ गते मंगलबार कार्यव्यवस्था परामर्श बैठक बोलाएका हुन् । 

 ‘प्रचण्ड’ ले यही फागुन ३० गते बुधबार प्रतिनिधिसभाबाट विश्वासको मत लिँदै छन् । 

प्रचण्डको सचिवालयले उक्त दिन विश्वासको मत लिने व्यवस्थाका लागि संसद् सचिवालयलाई आइतबार पत्र पठाएको छ । 

उक्त पत्रका सम्बन्धमा संसद्का महासचिव पदमप्रसाद पाण्डेयले सभामुख घिमिरेलाई जानकारी गराएपछि परामर्श बैठक बस्ने भएको हो । 

उक्त बैठकले सो सम्बन्धमा कार्यसूची तय गर्नेछ । सत्ता समीकरण फेरिएसँगै नेपाली कांग्रेसले सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि प्रचण्डले संसद्बाट विश्वासको मत लिन लागेका हुन् । 

नयाँ सत्ता गठबन्धनमा नेपाल कम्युनिष्ट पार्टी (एमाले), नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र), राष्ट्रिय स्वतन्त्र पार्टी, जनता समाजवादी पार्टी नेपाल र नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) पार्टी आबद्ध छन् ।

नयाँ गठबन्धनमा एमालेका ७७, माओवादीका ३२, रास्वपाका २१, जसपाका १२ र एकीकृत समाजवादीका १० गरी १५१ सांसद छन् । बहुमतका लागि १३८ मत भए पुग्छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ