arrow

बिरामी नहुने गाउँ सिक्लेस [फोटोफिचर]

२०६३ साल असार २ गते विद्रोही माओवादीका नेता प्रचण्ड र बाबुराम सिक्लेसमा सार्वजनिक भएको र सरकारी वार्ता टोलीका संयोजक कृष्णप्रसाद सिटौलाले हेलिकोप्टरमार्फत सिधै बालुवाटारमा सार्वजनिक गरी विस्तृत शान्ति सम्झौता भएको

logo
हाम्रा कुरा
प्रकाशित २०८० फागुन २६ शनिबार
sickless-kaski-80-11-26-(18.jpg

कास्की जिल्लाको सदरमुकाम पोखरादेखि करिब ३८ किलोमिटरको दूरीमा सुन्दर गाउँ सिक्लेस अवस्थित छ । सिक्लेस गाउँ कास्की जिल्ला मादी गाउँपालिका को वडा नं १ मा पर्दछ । 

सिक्लेस गाउँमा करिब ४ सय घरधुरी रहेका छन् । सिक्लेस गाउँलाई गुरुङ भाषामा च्यिली भनेर चिनिन्छ । गाउँको नाम च्यिली कसरी रहन गयो भन्नेबारे विभिन्न किम्बदन्तीहरु रहेका छन् ।
 
च्यिली शब्दैबाट हालको सिक्लेस शब्द कसरी रहन गएको भन्नेबारे हालसम्म कसैले ठोस जवाफ दिन सकेको छैन । यद्यपि सिक भन्नाले बिरामी र लेस भन्नाले कम वा अर्थात् बिरामी कम भएको गाउँ भएको हुँदा सिकलेसबाट सिक्लेअस नामकरण हुन गएको भनिन्छ । 

यसमा कुनै ऐतिहासिक, वैज्ञानिक वा तथ्यपरक अर्थ भने नभेटिएको मादी गाउँपालिका वडा नं १ का वडाध्यक्ष देवीजंग गुरुङ्ग बताउँछन् ।

सिक्लेसमा हाल हर्पथर, लामाथरगैरीथर, धप्राङथर, सभाथर (कोइथर) गरी ५ वटा टोलहरु रहेका छन् । 

यहाँको प्रमुख पेशाको रुपमा कृषि र पर्यटन होमर्यटन क्षेत्रतर्फ हाल सिक्लेसमा २९ वटा सामुदायिक होमस्टेहरु रहेका छन् भने करिब ४६ वटा होटेलहरु सिक्लेस, कॉरीतसा हुगु र क्हफुचे क्षेत्रमा सञ्चालित छन् ।
 
समुद्री सतहदेखि २ हजार मिटर उचाइमा सिक्लेस गाउँ अन्नपूर्ण र लमजुङ हिमालको काखमा पर्दछ । बिहान सबेरै उठेर जहाँबाट हेर्दा पनि हिमाल छयाङ्गै खुलेको देखिन्छ । 

सिक्लेसबाट डेढ घण्टा उकालो हिँडेर २ हजार ३५० मिटरको उचाइ भएको राइजिङ डाँडामा पुग्नासाथ अन्नपूर्ण र लमजुङ हिमालको अवलोकन गर्न पाइन्छ ।

तमु (गुरुङ) हरुको अन्तिम पैतृक राज्य क्होलासोथरबाट पहिलो राज्य विस्तार गरेको सिक्लेस भएकाले यसलाई च्यिली क्ह्याल्सा अर्थात सिक्लेस राज्य भनेर पनि गुरुङहरुको प्येमा अध्ययन गरिन्छ । 

यो गाउँमा आफ्नै भाषा, संस्कार, संस्कृति र परम्परा भएको हुनाले गुरुडहरुको इतिहास अध्ययनको पाठशाला घर हो । 

नेपालको अक्षांश र देशान्तर दुवै  रेखाबाट काटिँदा कायम भएको मध्यबिन्दु कोरी यसै वडामा रहेको छ । यसैगरी नेपालकै सबैभन्दा कम उचाइको हिमताल क्हफुचे हिमताल पनि यही वडामा पर्दछ ।

सिक्लेसले देशको मुख्य राजनैतिक  महत्त्वमा पनि ठूलो भूमिका निभाएको छ । तत्कालीन माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, अर्का नेता डा. बाबुराम भट्टराई २०६३ साल असार २ गते सिक्लेसमा सार्वजनिक भएको र तत्कालीन सरकारी वार्ता टोलीका संयोजक कृष्णप्रसाद सिटौलाले माओवादी नेताहरु प्रचण्ड, बाबुरामलाई हेलिकोप्टरमार्फत सिधै बालुवाटारमा सार्वजनिक गरी शान्ति सम्झौताको रेखा कोरेको हुनाले विस्तृत शान्ति सम्झौताको प्रस्थान विन्दुको रुपमा नेपाली राजनितिको इतिहासमा सिक्लेसलाई लिने गर्छ । (नेपाल फोटो लाइब्रेरी)

sickless-kaski-80-11-26 (1).jpeg
sickless-kaski-80-11-26 (2).jpeg
sickless-kaski-80-11-26 (3).jpeg
sickless-kaski-80-11-26 (4).jpeg
sickless-kaski-80-11-26 (5).jpeg
sickless-kaski-80-11-26 (6).jpeg
sickless-kaski-80-11-26 (7).jpeg
sickless-kaski-80-11-26 (8).jpeg
sickless-kaski-80-11-26 (9).jpeg
sickless-kaski-80-11-26 (10).jpeg
sickless-kaski-80-11-26 (11).jpeg
sickless-kaski-80-11-26 (12).jpeg
sickless-kaski-80-11-26 (13).jpeg
sickless-kaski-80-11-26 (14).jpeg
sickless-kaski-80-11-26 (15).jpeg
sickless-kaski-80-11-26 (16).jpeg
sickless-kaski-80-11-26 (17).jpeg


लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ