arrow

प्रधानमन्त्रीले गर्नुभएको बेइमानीको ढाकछोप हुँदैन- गगन थापा [भिडियो]

अनुसन्धान भइरहेका कुनै पनि व्यक्ति मन्त्री हुनुहुँदैन भन्ने प्रश्न यहाँ जस्ताको तस्तै छ

logo
हाम्रा कुरा
प्रकाशित २०८० फागुन २४ बिहिबार
gagan-thapa-11-24.jpg

काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले प्रधानमन्त्री पुष्पकमल दाहाललगायत आफूहरूलाई गठबन्धनको काँध फेर्ने सुविधा नभएको बताएका छन् । बिहीबार प्रतिनिधि सभा बैठकपछि सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै महामन्त्री थापाले आफ्नो अनुकूलताका लागि गठबन्धनको काँध फेर्ने सुविधा नभएको बताएका हुन् । 

प्रधानमन्त्री दाहालले कपोकल्पित कुरा गरेर गठबन्धन परिवर्तन गरेको उनले बताए । उनले प्रधानमन्त्रीले जति ढाकछोप गरे पनि बेइमानीको ढाकछोप नहुने बताए । उनले यो सरकार लामो समय जान्छ भन्ने कुराको कसैलाई भरोसा नभएको बताए ।

उनले भने – ‘निर्वाचन अगाडी गठबन्धन गर्नु हुँदैन थियो तर गर्‍यौँ । गठबन्धन गरिसके पछाडि यो गठबन्धन भित्र आबद्ध भएका प्रत्येक दलका सांसदहरू चाहे पुष्पकमल दाहाल हुनुहोस् । चाहे म हुँ । हामीले एक, अर्काको निर्वाचन चिन्हमा अर्को मतदाताको मत प्राप्त गरेर आएका छौँ । त्यसैले मलाई इच्छा लाग्यो, मेरो सहजता, मेरो अनुकूलताका लागि भनेर काँध फेर्ने सुविधा हामीसँग पनि थिएन । उनसँग पनि थिएन । तर यी सबै कुराहरूको बेवास्ता गरेर जसरी यो निर्णयमा उन पुग्नुभयो र जे जति कपोकल्पित कुराहरू प्रस्तुत गरेर यसलाई ढाकछोप गर्न खोजिराख्नु भएको छ, जति ढाकछोप गरे पनि बेइमानी ढाकछोप हुँदैन । उनले शिर छोप्न खोज्नुभयो भने पैताला देखिन्छ । पैताला छोप्न खोज्नुभयो भने शिर देखिन्छ । प्रतिपक्ष दलमा बसिराख्नुभएको केपी शर्मा ओली स्वयम् आफूलाई पनि पुष्पकमल दाहालले अगाडी उभिएर बोलिराख्दाखेरी कुनै पनि बेला यसले धोका दिन सक्छ भन्ने उनको मनमा खेलिरहेको छ भन्ने मलाई महसुस भयो त्यहाँको हाउभाउ हेर्दा खेरी । यो सरकार लामो जान्छ भन्ने कुरा सरकारमा बसेका कसैलाई पनि भरोसा छैन ।'

अनुसन्धान भइरहेको बेलामा अनुसन्धान प्रभावित हुनसक्ने हुँदा अनुसन्धान भइरहेका कुनै पनि व्यक्ति मन्त्रीको रूपमा रहनु नहुने बताए । सो प्रश्नको जवाफ नखोजीकन संसद यत्तिकै अगाडि बढ्न सक्ला र भनी प्रश्न गरे । उनले भने,' अनुसन्धान भइरहेको बेलामा अनुसन्धान प्रभावित हुनसक्ने हुँदा अनुसन्धान भइरहेका कुनै पनि व्यक्ति मन्त्रीको रूपमा रहनु हुँदैन । जबसम्म ती मन्त्रीका रूपमा रहन्छन् तबसम्म संसद चल्दैन भनेर यो संसद अवरुद्ध भएको हो । आज संसद खुल्यो । त्यो प्रश्न यो संसद भित्र उठेको हो । आसन फेरियो, भाषण फेरियो तर त्यो प्रश्न यहाँ जस्ताको तस्तै छ । त्यो प्रश्नको जवाफ नखोजीकन संसद यत्तिकै अगाडि बढ्न सक्ला र ?’



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ