मन्त्रिमण्डल पुनर्गठनपछि मन्त्रिपरिषद्को पहिलो निर्णय [भिडियो]
सरकारले पूर्णता पाएसँगै प्रचण्डले विश्वासको मत लिने
हाम्रा कुरा
प्रकाशित २०८० फागुन २४ बिहिबार
790
Shares
काठमाडौँ । सरकारले सरकारको प्रवक्तामा सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्मालाई तोकेको छ । बिहीबार बसेको पुनः गठित मन्त्रिपरिषद्को पहिलो बैठकले मन्त्री शर्मालाई सरकारको प्रवक्ता तोकेको हो ।
बैठकपछि सञ्चारकर्मीहरूसँग मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गर्दै प्रवक्ता शर्माले सरकारले संयुक्त राष्ट्र सङ्घको कमिसनअन द स्ट्याटस अफ वुमन सिएसडब्ल्युको ६८ औँ सत्रमा भाग लिन महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगवती चौधरीलाई स्वीकृति दिने निर्णय गरेको पनि बताइन् ।
उनले भनिन्, ‘नेपाल सरकारको प्रवक्तामा सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्मालाई तोक्ने ।
संयुक्त राष्ट्र सङ्घको कमिसनअन द स्ट्याटस अफ वुमन सिएसडब्ल्युको ६८ औँ सत्रमा भाग लिन महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगवती चौधरीलाई स्वीकृति दिने ।’ उनले सरकारले पूर्णता पाएसँगै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विश्वासको मत लिने बताइन् ।