arrow

श्रीविष्णुको प्रिय दिनमा राशिफल

logo
हाम्रा कुरा
प्रकाशित २०८० फागुन २४ बिहिबार
rashifal-horoscope-green_1618196829.jpg

आजको पञ्चाङ्ग

मिति २०८० फागुन २४ गते बिहीबार, इस्वीसंवत मार्च ६ तारिक सन् २०२४, शालिवाहनीयशाके १९४५, नेपाल संवत् ११४४, पिंगल नामको संवत्सरः, सूर्य पृथ्वीको उत्तरी गोलार्द्धमा छन् । शिशिर ऋतु चलिरहेको छ । चान्द्रमान अनुसार फागुनकृष्णपक्ष चलिरहेको छ । सौरमान अनुसार आज फागुनकृष्णपक्षको द्धादशी तिथि रातिमा १०ः१३ बजेसम्म त्यसपछि त्रयोदशी तिथि लाग्नेछ । नक्षत्रमा उत्तरषाढा बिहानमा ९ः४६ बजेसम्म त्यसपछि श्रवण नक्षत्र लाग्नेछ । विष्कुम्भादि योगमा परिध ५० घटि २६ पलासम्म त्यसपछि शिव योग लाग्नेछ । करणमा कौलव अहोरात्र रहनेछ । आनन्दादि योगमा ध्वाँक्ष रहनेछ ।

सूर्य कुम्भ राशिमा, चन्द्रमा मकर राशिमा रहनेछ । आज दिनमान २९ घटि १८ पला अर्थात ११ घण्टा ४६ मिनेटको रहनेछ । आज सूर्योदय काठमाडौं केन्द्र विन्दुमा रही बिहान ६ः२४ बजे रावण मुहूर्तमा हुनेछ भने सूर्यास्त साँझ ठीक ६ः०७ बजे हुनेछ । यस्तै, चन्द्रमा उदाउने भोलि बिहानमा ४ः०२ बजे र अस्ताउने समय भोलि दिनमा १ः४१ बजे रहेको छ ।

आजको राशिफल

मेष : समय सामान्य रहनेछ । स्वास्थ्य ठीकठाक रहनेछ । तर गर्न खोजेका केही काम सफल, केही असफल हुनेछन् तैपनि कडा परिश्रम गर्नुभएमा निश्चित रुपमा केही नहुनुभन्दा राम्रै हुनेछ । लेनदेन कारोवार गर्दा ज्यादै सतर्क रहनुहोला । समय मध्यम छ, टाढाको यात्रामा पनि खासै उपलव्धि देखिंदैन ।

वृष : स्वास्थ्य भरपर्दो रहनेछैन । चिसो र पखालालाले ठूलो दुःख दिने सम्भावना छ । त्यसकारण पानी उमालेर मात्रै पिउनुहोला । पिसाब सम्बन्धी रोग एक्कासी देखापर्न सक्छ । आज गरेको लगानीबाट नोक्सानी हुनसक्छ । त्यसकारण लेनदेन व्यापार सबै कार्यमा विशेष ख्याल गर्नुहोला । यात्रामा पनि शुभ समय रहेको छैन ।

मिथुन : समय तथा परिस्थिति अनुकुल रहने छैन । जो कसै व्यक्तिले धोका दिने प्रयास गर्नेछन् । आफ्नो क्षमता अनुसार जे काम गर्नुछ एक्लै गर्नुहोला । जसमाथि तपाईंले ठूलो विश्वास गर्नुभएको छ ति व्यक्तिहरूबाट नै काम बिग्रनेछन्, विशेष सतर्क रहनुहोला ।

कर्कट : स्वास्थ्य भरपर्दो रहनेछ । आकस्मिक रूपमा नगद प्राप्त हुनेछ । अचल सम्पत्तिबाट लाभ पाइने समय छ । विद्यार्थीहरूलाई उच्चतम् लाभ मिल्ने, नयाँ रोजगारीको अवसर मिल्ने छ । आदर-सत्कार, प्रतिष्ठा बढाउने काममा लगानी गर्ने शुभ अवसर आइलाग्ने छन्, प्रयास गर्नुहोला ।

सिंह : समय शुभ छ । आशा नै नगरेको ठाउँबाट धन लाभ हुनेछ । जमीन किन्नु छ भने आजै किन्नुहोला । उच्चस्तरीय घनिष्ट मित्रसंगको भेटले पेशागत क्षेत्रमा नयाँ लाभ, गरेका हरेक कार्यमा सबै प्रकारले चित्त बुझ्दो उन्नति प्रगति गर्न सक्नुहुनेछ । समग्रमा आजको समय राम्रो रहेकाले उपयोग गर्न सके लाभ मिल्नेछ ।

कन्या : समय तथा स्वास्थ्य राम्रो छैन । आँखामा एक्कासी समस्या आउन सक्नेछ । यातायात क्षेत्रबाट आर्थिक घाटा हुन सक्नेछ । कसैलाई नगद सापट दिएमा उठ्नै कठिन हुनेछ । चिसोले स्वास्थ्यमा गडबडी आउने सक्ने देखिन्छ । समय खराब रहेकाले सबै प्रकारले सतर्क भई हिंड्नुहोला । आज टाढाको यात्रा, नयाँ मित्रसंगको भेटघाट समेत विफल हुने देखिएको छ ।

तुला : समय खराब छ । आफन्त व्यक्तिसंगै विवाद पर्ने सम्भावना छ । मानसिक चञ्चलपनले पेशागत हानी हुने सम्भावना छ । साढेसातीको प्रभावले समग्र समय कष्टप्रद, अनावश्यक भ्रमण, आत्मीयजनबाट धोका पाइनेछ । त्यसैले हरेक कार्यमा सतर्क अति आवश्यक छ ।

वृश्चिक : पानी र चिसोबाट विशेष सतर्क रहनुहोला । अरु काम तपाईंले सोचेअनुसार सफल हुनेछन् । जे काम गर्नुछ आज थालनी गर्नुभएमा राम्रो हुनेछ । धार्मिक एवं सामाजिक कार्य पनि राम्रो हुनेछ ।, टाढाको यात्रा, मित्रसंगको भेटघाट पनि सुखद् हुन सक्ने देखिन्छ ।

धनु : आज समय तथा स्वास्थ्य अनुकुल छैन । गर्न खोजेका जुनसुकै कार्यमा बाधा रहेका छन् । मनमा अशान्ति, यात्रामा बिघ्नबाधा, वायुरोगले सताउने, खानामा गडबढी, कुनै चिन्ता पर्ने समाचार प्राप्त हुन सक्नेछन् । जस्तोसुकै बाधा परेपनि निराश नभई सक्रिय रुपमा आफ्नो कार्य सम्पादन गर्नुहोला ।

मकर : स्वास्थ्य सबल रहनेछ । लगानी गरेको कामबाट राम्रो लाभ हुनेछ । मानसिक शान्ति र आराम मिल्नेछ । पारिवारिक सदस्य एवं आश्रित कर्मचारीबाट राम्रो सहयोग प्राप्त हुनेछ । यसअघि रोकिएका सबै काम आज पूरा हुनेछन्, समयको सही उपयोग अवश्य गर्नुहोला । टाढाको यात्रामा भने केही समस्या आउन सक्नेछ ।

कुम्भ : समय शुभ, स्वास्थ्य राम्रो रहनेछ, समय खराब छ । स्वास्थ्यको हिसावले खराव रहेको छ । घुँडा दुख्ने, शरीर दुख्ने, रुघाखोकीले पनि हैरान पार्ने अवस्था छन् । त्यसकारण उमालेको पानी पिउने, खाना तातो खाने, शरीरलाई चिसोबाट जोगाउनु पर्नेछ । आफूले गरेका काममा चित्त बुझ्नेछैन ।

मीन : समय शुभ छ । त्यसकारण काम गर्दा धेरै महत्वपूर्ण कामलाई पहिलो प्राथमिकतामा पार्नुहोला । जग्गा जमिन किन्नु छ भने पनि आजै किन्नुहोला । गाडी खरिद बिक्री, खेतीका काम शुरु गर्नुहोला । समय शुभ रहेकाले यसअघि अवरोध भएका काममा अब सुधार हुँदै जानेछन् ।

साइत : सूर्य कुम्भ राशिमा, चन्द्रमा मकर राशिमा रहनेछ । त्यसैले पूर्वबाहेक अन्य दिशाको यात्रा नगर्नुहोला । आज बिहीबार परेकाले दक्षिण दिशाको यात्रा गर्दै नगर्नुहोला । आज उत्तर, पश्चिम र दक्षिणतर्फको यात्रा पनि बाध्यताबश गर्नैपरेको छ भने धार्मिक उपाय अपनाएर शुभ बेलामा गर्दा राम्रो हुनेछ ।

शुभ लाभादि बेला (दिवा)

बिहान ६ः२५ बजेदेखि ७ः५३ बजेसम्म शुभ बेला
बिहान ७ः५३ बजेदेखि ९ः२० बजेसम्म रोग बेला
बिहान ९ः२० बजेदेखि १०ः४८ बजेसम्म उद्धेग बेला
बिहान १०ः४८ बजेदेखि १२ः१५ बजेसम्म चर बेला
मध्यान्ह १२ः१५ बजेदेखि १ः४३ बजेसम्म लाभ बेला
दिनमा १ः४३ बजेदेखि ३ः१० बजेसम्म अमृत बेला
दिनमा ३ः१० बजेदेखि ४ः३८ बजेसम्म काल बेला
दिनमा ४ः३८ बजेदेखि ६ः०५ बजेसम्म शुभ बेला

शुभ लाभादि बेला (रात्रि)

साँझ ६ः०५ बजेदेखि ७ः३७ बजेसम्म रोग बेला
साँझ ७ः३७ बजेदेखि ९ः१० बजेसम्म उद्धेग बेला
राति ९ः१० बजेदेखि १०ः४७ बजेसम्म चर बेला
राति १०ः४७ बजेदेखि १२ः१५ बजेसम्म लाभ बेला
राति १२ः१५ बजेदेखि १ः४७ बजेसम्म अमृत बेला
राति १ः४७ बजेदेखि ३ः१९ बजेसम्म काल बेला
रातिमा ३ः१९ बजेदेखि ४ः५२ बजेसम्म शुभ बेला
बिहानमा ४ः५२ बजेदेखि ६ः२४ बजेसम्म रोग बेला

यसमा चर भन्दा शुभ, शुभ भन्दा लाभ राम्रो, लाभ भन्दा अमृत सबैभन्दा राम्रो मानिन्छ । त्यसैले जे काम गर्दा पनि शुभ, लाभ र अमृत बेला पार्नुहोला ।

राहुकाल समय : दिनमा १ः३० देखि ३ः०० बजेसम्म राहुकाल अर्थात सबैभन्दा खराब समय रहनेछ । यो समय भित्र यात्रा, लेनदेन, ठूलो लगानी, नयाँ निर्णय केही पनि गर्नु परिणाम राम्रो हुँदैन ।

नोट : यो पञ्चांगको सूर्योदय, सूर्यास्त, तिथि, नक्षत्र, योग, करण आदिमा उल्लिखित समयादि काठमाडौं, नेपालको अक्षांश २७ः४२ उत्तर तथा देशान्तर ८५ः१८ पूर्व र नेपालको निर्धारित राष्ट्रिय समयलाई आधार मानी सूर्यसिद्धान्तको प्रयोग गरी गणना गरिएको हो, साथै राशिफल लेख्दा चन्द्रमाको दैनिक गति, चन्द्रमामा पर्ने शनि एवं बृहस्पतिको दृष्टि, वेदस्थान र विपरीत वेदस्थान समेतको गणना गरिएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ