arrow

प्रचण्डले बिहानै भनेका थिए- कम्युनिष्ट एकताको पहल थालेका छौँ

logo
हाम्रा कुरा
प्रकाशित २०८० फागुन २१ सोमबार
prachanda-sukhani-pidit.jpg

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कम्युनिष्ट गठबन्धनको सरकार बनाउन तर्फ अग्रसर भएका छन् ।

 प्रचण्डले नेपाली कांग्रेससँगको गठबन्धन तोडेर नेकपा एमालेसँग सहकार्य अगाडि बढाएका छन् । 

आज बिहान मात्रै  ‘प्रचण्ड’ले बृहत् कम्युनिष्ट एकताको पहल थालिएको बताएका थिए । 

शहिद सप्ताहको अन्तिम दिन आज प्रधानमन्त्री निवासमा सुखानी शहीदका परिवारसँगको भेटमा उनले सो कुरा राखेका थिए । 

उनले भनेका थिए, “शहीदप्रति उच्च सम्मान छ, आजैको मितिदेखि कम्युनिष्ट एकताका लागि थप पहल गरेका छौँ ।”

तत्कालीन पञ्चायती शासकले २०२९ फागुन २१ गते रामनाथ दाहाल, नेत्र घिमिरे, वीरेन राजवंशी, कृष्ण कुइँकेल र नारायण श्रेष्ठलाई सुखानीको जङ्गलमा लगेर हत्या गरेको थियो ।

त्यसको केही समयपछि सत्ता गठबन्धन भत्किएको छ । कांग्रेस माओवादीबीचको गठबन्धन भत्किएसँगै एमालेसहित नयाँ गठबन्धन बन्ने निश्चित भएको छ । एमालेबाट पदम गिरि मन्त्री बन्ने भएका छन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ