arrow

राजनीतिक रस्साकस्सीबीच प्रधानमन्त्री प्रचण्डले संसद्‌मा जवाफ दिँदै 

logo
हाम्रा कुरा
प्रकाशित २०८० फागुन २१ सोमबार
prachanda-parliament-11-06.jpg

काठमाडौँ ।  बालकुमारी घटनालाई लिएर  सांसदहरू आक्रोश भएपछि आज प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले  संसद्‌मा जवाफ दिँदै  छन् ।

बिहान ११ बजेबाट शुरु हुने प्रतिनिधि सभाको बैठकमा उपस्थित भएर प्रचण्डले जवाफ दिने भएका हुन् । 

बैठकमा एमाले राप्रपा  रास्वपालगायत विपक्षी दलले बलाकुमारी घटनाका विषयमा मन्त्री तथा प्रधानमन्त्रीको जवाफ मागेपछि प्रचण्ड संसद्‌मा जवाफ दिन बाध्य भएका छन् । 

सांसदहरूले बालकुमारी घटना, भ्रष्टाचारका आरोप लागेका मन्त्री हटाउनुपर्नेलगायत विषयमा स्पष्ट जवाफ दिनुपर्ने माग राख्दै आएका छन् । 

आजकै बैठकमा महिला तथा सामाजिक मामिला समितिका सभापति किरणकुमार साहले महिला तथा सामाजिक मामिला समितिको वार्षिक प्रतिवेदन (आ.व.२०७९-०८०) पेश गर्ने छन् । 

 उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले राजनीतिक दलसम्बन्धी (दोस्रो संशोधन) विधेयक, २०८० माथि विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्नेछन् । 

 आ.व. २०८१-०८२ को लागि विनियोजन विधेयकको सिद्धान्त र प्राथमिकता सम्बन्धमा (कर प्रस्ताव बाहेक) माथि छलफल प्रारम्भ हुने कार्यसूची रहेको छ । 

साथै प्रतिपक्ष दलहरूले उठाएको समसामयिक विषयका बारेमा प्रधानमन्त्री पुष्पकमल दाहालले जवाफ दिने कार्यसूची रहेको छ । 

तर राजनीतिक रस्साकस्सीबीच प्रचण्ड संसद्‌मा उपस्थित हुने नहुने बारे निश्चित भने छैन । आइतबार दिनभरको राजनीतिक रस्साकस्सीपछि सत्ता गठबन्धन धरापमा परेको छ ।  आज सरकार परिवर्तन लागयतका कुरा समेत उठेका छन् । 

सभामुख देवराज घिमिरे प्रतिनिधिसभामा सांसदले उठाएको विभिन्न विषयमा यही फागुन २१ गतेको बैठकमा जवाफ दिन सरकारलाई रुलिङ गरेका थिए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ