arrow

अर्बपति अम्बानीको छोराको विवाह, नाचे आमिर शाहरुख र सलमान

मुकेश अम्बानी र नीता अम्बानीले दिए स्टेजमा शानदार प्रस्तुति

logo
हाम्रा कुरा
प्रकाशित २०८० फागुन २० आइतबार
Mukesh_Ambani_Nita_Ambani.jpg

काठमाडौँ । भारतीय अरबपति मुकेश अम्बानीका छोरा अनन्त अम्बानीको प्रि-वेडिङ समारोह अहिले गुजरातको जामनगरमा जारी छ। 

अनन्त अम्बानी र राधिका मर्चेन्टको प्रि-वेडिङ सेलिब्रेशनको आज तेस्रो दिन हो । 

हिजो राति प्रि-वेडिङको दोस्रो दिन मुकेश अम्बानीको यो भव्य समारोहमा धेरै फिल्म स्टारहरु सहभागी भएका थिए । 

समारोहमा सुपरस्टार आमिर खान, सलमान खानदेखि शाहरुख खानलगायत धेरै स्टारहरू यहाँ पुगेका थिए । 

तीन खानले एकै स्टेजमा आफ्नो धमाकेदार प्रस्तुति दिएर सबैको मन जितेका छन्। 

अहिले यो पार्टीको भिडियो सामाजिक सञ्जालमा भाइरल भइरहेको छ ।

यस क्रममा मुकेश अम्बानी र नीता अम्बानीले पनि स्टेजमा शानदार प्रस्तुति दिएका थिए । 

आज प्रि-वेडिङमा दुई वटा कार्यक्रम छ । राति  कार्यक्रममा पाहुनाहरूका लागि नृत्य र गीत प्रस्तुति राखिएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ