arrow

खै म कहाँ हराएँ ?

logo
कविता गौतम, 
प्रकाशित २०८० फागुन १९ शनिबार
kabita-gautam-80-11-19.jpg

आफ्नो पाइलाको गन्तव्य नै बिराएँ
आफ्नो खुशी र उमंगलाई गुमाएँ 
सबैको बीचमा पनि आफूलाई एक्लो पाएँ
खै म कहाँ हराएँ ?

मन मस्तिष्कबीच डोरी झैँ उल्झिएँ
मनभित्र सजायको घरलाई भत्काएँ
सबैको सामु आफूलाई मौन बनाएँ
बिनाकारण सबैसँग टाढिदै गएँ
खै म कहाँ हराएँ ?

मस्तिष्कभित्र अपार प्रश्नको घर बनाएँ
खोलाझैँ आँखाबाट आँसुको धारा बनाएँ
आफ्नो वास्तविक अस्तित्वलाई गुमाउँदै गएँ
जिन्दगीको सुन्दर जीवनलाई हराउँदै गएँ
खै म कहाँ हराएँ ?



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ