arrow

एक महिनामा ९७ हजार पर्यटक भित्रिए

logo
हाम्रा कुरा
प्रकाशित २०८० फागुन १९ शनिबार
tourist-annapurna-rss.jpg
तस्बिर-फाइल

काठमाडौं । पर्यटक आगमनको याम सुरु भएसँगै विदेशी पर्यटक आउनेक्रम बढेको छ । नेपाल पर्यटन बोर्डका अनुसार फेब्रुवरीमा विभिन्न देशबाट हवाई मार्ग हुँदै ९७ हजार ४ सय २६ पर्यटक नेपाल भित्रिएका हुन् ।

गत जनवरीमा ७९ हजार १ सय पर्यटक भित्रिएका थिए । विशेषगरी मार्च, अप्रिल र मेमा पर्यटक पदयात्रा तथा पर्वतारोहणका लागि नेपाल भ्रमणमा आउने गरेका छन् । 

यसपटक नेपाल भ्रमणमा आउनेमध्ये सबैभन्दा धेरै भारतबाट २५ हजार ५ सय ७८ पर्यटक रहेका छन् । चीनबाट ९ हजार एक सय ८०, अमेरिकाबाट ९ हजार, थाइल्यान्डबाट ४ हजार ७ सय ९९, बेलायतबाट ४ हजार ५ सय ७१, बङ्गलादेशबाट ४ हजार ९९, श्रीलङ्काबाट ३ हजार ६ सय ८४ जना नेपाल आएका हुन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ