arrow

ईसेवाले ल्यायो नेपालमा अन्तर्राष्ट्रिय भुक्तानी सेवा अन्तरदेशीय क्यूआर भुक्तानी

logo
हाम्रा कुरा
प्रकाशित २०८० फागुन १७ बिहिबार
esewa-15yrs-2080-10-11.jpg
तस्बिर – फाइल ।

काठमाडौँ । अन्तर्राष्ट्रिय भुक्तानी सेवा चालु भएसँगै भारतीय पर्यटकहरूलाई नेपालमा क्यूआर कोड मार्फत डिजिटल कारोबारको भुक्तानी गर्न सजिलो हुने भएको छ । फोनपे क्यूआर लिएका साना तथा मझौला व्यवसाय संचालन गर्ने ईसेवा मर्चेन्टहरूलाई हाललाई यो सेवा उपलब्ध भएको ईसेवा प्रालिले आफ्नो आधिकारिक ब्लगमार्फत् जानकारी गराएको छ । 

नेपालको भुक्तानी सेवा सञ्चालक फोनपे र भारतको नेसनल पेमेन्ट्स कर्पोरेसन अफ इन्डिया ९एनपीसीआई० को अन्तर्राष्ट्रिय शाखा एनआईपीएलबीच नेपाल(भारत अन्तरदेशीय भुक्तानी सेवाको साझेदारी स्वरूप उक्त सेवा आउन लागेको हो । 

अहिलेलाई ईसेवा मर्चेन्टहरूले आफ्नो साथ रहेको फोनपे क्यूआरमा नै भारतीय पर्यटकहरू मार्फत् भारतीय भुक्तानी सेवा प्रदायक प्लेटफर्म भिम यूपीआई र फोनपेको प्रयोग मार्फत डिजिटल भुक्तानी गर्न सक्नेछन् ।
 
नेपालभर ४ लाख ५० हजार भन्दा बढी ईसेवाका क्यूआर मर्चेन्टहरू रहेका छन् । अहिले बजारको अर्थतन्त्रमा रहेको यो आवश्यकता पूरा गरी मोडर्न डिजिटल अर्थतन्त्र मार्फत दुई देश बीचको दूरीलाई घटाउँदै सुमधुर बनाउनेमा इसेवा विश्वस्त रहेको जानकारी गराएको छ । 

हाल साना तथा मझौला व्यवसायीहरूलाई स्वचालित रूपमा यो सेवा उपलब्ध गराइएको भएता पनि अन्य व्यवसायीहरूलेसमेत यो सेवा लिन चाहेमा ईसेवालाई सम्पर्क गर्नलाई अनुरोध गरिएको छ । 

अन्तर्राष्ट्रिय भुक्तानीका लागि सहजता ल्याएसँगै भारतीय नक्कली नोटको प्रयोगबाट व्यवसायीहरू ठगिने क्रममा कमी आउने पनि विश्वास गरिएको छ। ईसेवाले भने आफ्ना मर्चेन्टहरूलाई उनीहरूको व्यवसायका ग्राहकलाई सहजता प्रदान गरी ग्राहक सन्तुष्टि बढ्ने धारणा राखेको छ ।  

यसले नगद सटहीको झन्झटबाट व्यवसायीहरूलाई तथा भारतीय ग्राहकहरूलाई नगद तथा चानचुनको झन्झटबाट मुक्त गराउने विश्वास गरिएको छ। सो सेवा प्रयोग गरेबापत मर्चेन्टहरूलाई प्रति कारोबार निश्चित न्यूनतम सेवा शुल्क भने लाग्ने पनि ईसेवाले जनाएको छ । 

भारतीय पर्यटकले नेपालमा सहजै डिजिटल भुक्तानी गर्न पाउने भएता पनि अहिलेलाई नेपाली नागरिकले भारतमा सजिलै डिजिटल भुक्तानी भने गर्न पाउने छैनन् । यस सम्बन्धी कार्य भइरहेको र निकट भविष्यमा छिटै आफ्नो आधिकारिक सामाजिक संजालका आधिकारिक पेजमार्फत जानकारी गराउने पनि ईसेवाको ब्लगमा उल्लेखित छ।

ईसेवाले गत जनवरी १५ मा आफ्नो १५औँ वार्षिकोत्सव मनाउँदै गर्दा वित्तीय समावेशीकारण तथा वित्तीय पहुँचलाई केन्द्रमा राखेर अन्तर्राष्ट्रिय भुक्तानी सेवासँगै अन्य विविध सेवा ल्याउने पनि जानकारी गराएको थियो।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ