रुस र युक्रेन युद्धमा नेपालीलाई सहभागी गराइएको भन्दै राप्रपाले दर्ता गर्यो जरुरी महत्वको प्रस्ताव [भिडियो]
नेपालीहरूको ज्यान बचाउनका लागि जरुरी सार्वजनिक प्रस्ताव
हाम्रा कुरा
प्रकाशित २०८० फागुन १७ बिहिबार
895
Shares
काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाले रुस र युक्रेनको युद्धमा नेपालीहरूलाई सहभागी गराइएको भन्दै सो विषयमा प्रतिनिधि सभामा छलफल गर्न जरुरी सार्वजनिक महत्वको प्रस्ताव दर्ता गरेको छ ।
राप्रपाले प्रमुख सचेतक ज्ञानबहादुर शाही प्रस्तावक र सांसदहरू विना लामा, अनिशा नेपाली र विना जैसवाल समर्थक रहेर रुस र युक्रेन बीचको युद्धमा नेपालीहरू सहभागी गराइएको भन्दै प्रतिनिधि सभामा छलफलका लागि जरुरी सार्वजनिक महत्वको प्रस्ताव दर्ता गरेको हो ।
बिहीबार सङ्घीय संसद सचिवालयका महासचिव पद्मप्रसाद पाण्डेय समक्ष पुगेर जरुरी सार्वजनिक महत्वको प्रस्ताव दर्ता गरिएको हो । प्रस्तावमा नेपालीहरूलाई आर्थिक प्रलोभनमा पारी रुस र युक्रेन युद्धमा सहभागी गराइएको उल्लेख गरिएको छ ।
मानव तस्करी गरी युद्ध स्थलमा नेपालीलाई पठाएकाले यो विषयमा सरकारलाई ध्यानाकर्षण गराउँदै नेपालीहरूको ज्यान बचाउनका लागि जरुरी सार्वजनिक प्रस्ताव पेश गरिएको प्रमुख सचेतक ज्ञानबहादुर शाहीले बताए। उनले युद्ध भूमिमा फसेकाहरूलाई तत्काल उद्धार गर्न अत्यावश्यक भएको पनि बताए ।