arrow

सांसद शर्मा केएमसीको स्वास्थ्य टोलीसहित पाल्पामा, २२ सय ५१ ले लिए निःशुल्क सेवा [तस्बिर]

logo
हाम्रा कुरा
प्रकाशित २०८० फागुन १६ बुधबार
kmc-free-camp-palpa-.jpg

पाल्पा । काठमाडौँ मेडिकल कलेज पब्लिक लिमिटेड (केएमसी) ले पाल्पाको रामपुरमा निःशुल्क स्वास्थ्य शिविरको आयोजना गरेको छ । 

सुशील कोइराला स्मृति प्रतिष्ठानको आयोजनामा वडा स्वास्थ्य चौकीमा भएको निःशुल्क शिविरमा २२ सय ५१ जना बिरामी लाभान्वित भएका छन् । 

रामपुर नगरपालिकाको सहआयोजनामा कालीगण्डकी फाउन्डेसन नेपालको समन्वयमा रामपुर आयुर्वेदिक अस्पतालको स्थानमा भएको शिविरमा १८२ जनाको ईसीजी गरिएको केएमसीका प्रबन्धक नारायणप्रसाद दाहालले जानकारी दिए । 

त्यस्तै १५० जनाको भिडियो एक्सरे, २०३ जनाको ल्याब, ९५ जनाको ईको गरिएको थियो । त्यस्तै २३ जनाको दाँत खोलिएको थियो भने ७३ बिरामीलाई शल्यक्रियाका लागि रेफर गरिएको छ । 

नेपाली कांग्रेसका लुम्बिनी प्रदेश सभापति एवं सुशील कोइराला स्मृति प्रतिष्ठानका अमरसिंह पुनको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा सांसद डा. सुनीलकुमार शर्मा विशिष्ट अतिथि रहेका थिए । 

रामपुर नगरपालिकाका मेयर रणबहादुर थापाको सभापतित्वमा भएको कार्यक्रममा प्रदेश सांसदहरु निमा गिरी, राजुप्रसाद श्रेष्ठ, वीरबम राना, कांग्रेस महासमिति सदस्य सन्दीप राना र रामपुर नगरपालिकाकी उपमेयर बालकुमारी थापा अतिथि रहेका थिए । 

नेपाली कांग्रेसका सांसदसमेत रहेका डा. सुनील शर्माले सम्हालेपछि केएमसीले सामाजिक उत्तरदायित्व अन्तर्गत देशका विभिन्न भागमा पुगेर निरन्तर निःशुल्क स्वास्थ्य शिविर गर्दै आएको छ । 

kmc-palpa-free-camp-80-11-16 (1).jpg
kmc-palpa-free-camp-80-11-16 (2).jpg
kmc-palpa-free-camp-80-11-16 (3).jpg
kmc-palpa-free-camp-80-11-16 (4).jpg
kmc-palpa-free-camp-80-11-16 (5).jpg
kmc-palpa-free-camp-80-11-16 (6).jpg
kmc-palpa-free-camp-80-11-16 (7).jpg
kmc-palpa-free-camp-80-11-16 (8).jpg
kmc-palpa-free-camp-80-11-16 (9).jpg
kmc-palpa-free-camp-80-11-16 (10).jpg
kmc-palpa-free-camp-80-11-16 (11).jpg
kmc-palpa-free-camp-80-11-16 (12).jpg


लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ