arrow

कांग्रेसलाई ओलीको प्रश्न- ८७ सिटले संविधान संशोधन हुन्छ ? [भिडियो] 

गठबन्धन त ५ वर्षसम्म जान्छ कि जाँदैन, म भन्न सक्दिन

logo
हाम्रा कुरा
प्रकाशित २०८० फागुन १६ बुधबार
kp-oli-standing-committee-meet.jpg

काठमाडौँ ।  नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले ८७ सिटले संविधान संशोधन नहुने बताएका छन् । ओलीले सत्तारुढ प्रमुख घटक कांग्रेस प्रतिगामी सोचका साथ अघि बढिरहेको जिकिर पनि गरे । उनले कांग्रेस महासमिति बैठकले संविधान संशोधनको कुरा गरे पनि सम्भव नभएको बताए । कांग्रेस एक्लैले संविधान संशोधन गर्न सक्ने अवस्था नरहेको ओलीको भनाई थियो ।

उनले भने,'  त्यो उसको ८७ सिटले संविधान संशोधन हुन्छ ? एमालेले काँग्रेसलाई केमा सहयोग गर्ने ? प्रतिगमनका लागि । कांग्रेस जति प्रतिगामी सोच राख्छ, त्यसका लागि ? कांग्रेस अग्रगामी सोचका साथ अघि बढिराखेको छैन । प्रतिगामी सोचका साथ अघि बढिराखेको छ । जनपक्षीय, प्रगतिशील हुनुपर्ने, अगाडि बढ्नुपर्ने ठाउँमा पछाडि फर्कन खोजिराखेको छ कांग्रेस ।’

ओलीले सत्तारुढ गठबन्धन कुनै पनि बेला फुट्न सक्ने बताएका छन् । सत्तारुढ गठबन्धनलाई खरानीको डल्लोको रूपमा चित्रण गर्दै उनले त्यो सुक्यो भने पनि फुट्ने र भिज्यो भने पनि फुट्न सक्ने टिप्पणी गरे ।

उनले भने, ‘नेकपा एमालेसँग मेजरिटी छैन । हामी सरकार भन्दा बाहिर छौं । प्रतिपक्षमा छौं । त्यस कारण हामीले सुझाव दिने हो । त्यो सुझाव त अब गठबन्धनको दम्भले सुनिराखेको छैन पहिलेदेखि पनि । गठबन्धन त ५ वर्षसम्म जान्छ कि जाँदैन ? म भन्न सक्दिन । किनभने यो खरानीको डल्लो हो । यो सुक्यो भने पनि फुट्छ, भिज्यो भने पनि फुट्छ ।' 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ