arrow

प्रधानमन्त्री भन्छन् –ईपीजी प्रतिवेदन दुवै देशले एकैसाथ बुझ्ने गृहकार्य भइरहेको छ

logo
हाम्रा कुरा
प्रकाशित २०८० फागुन १६ बुधबार
prachanda-parliamentary-com.jpg

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाल र भारतबीचका सन्धि सम्झौताको पुनरावलोकन गर्न गठित प्रबुद्ध व्यक्तिको समूह (ईपीजी) को प्रतिवेदन बुझ्न दुवै देशका तर्फबाट गृहकार्य भइरहेको बताएका छन् ।

राष्ट्रिय सभाको राष्ट्रिय सरोकार तथा समन्वय समितिको बुधबारको बैठकमा प्रधानमन्त्री दाहालले सो प्रतिवेदन दुवै देशले एकैसाथ बुझ्ने गरी आन्तरिक तयारी गरिएको जानकारी दिए । 

सो प्रतिवेदन बुझ्न भारतले आनाकानी गर्दै आएकाले बैठकमा सांसदहरुले चासो राखेका थिए । सांसदहरुका प्रश्नको जवाफमा प्रधानमन्त्री दाहालले एकैपटक बुझ्ने स्थिति नआएमा के गर्ने भनेर नेपालले निर्णय लिने अवस्था आउने पनि स्पष्ट गरे । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ