arrow

राष्ट्रिय सभा अध्यक्षको दाबी नछाड्न प्रचण्डलाई दबाब [भिडियो]

logo
हाम्रा कुरा
प्रकाशित २०८० फागुन १५ मंगलबार
prachanda-tension-2080-11-0.jpg

काठमाडौँ । माओवादी केन्द्र स्थायी समितिका सदस्यहरूले राष्ट्रिय सभा अध्यक्षको दाबी छाड्न नहुने पार्टी अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई  सुझाव दिएका छन् । 

पेरिसडाँडामा मंगलबार बसेको स्थायी समिति बैठकपछि सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै  उपाध्यक्ष एवं प्रवक्ता अग्निप्रसाद सापकोटाले प्रचण्ड लाई दाबी नछाड्न सदस्यहरूले दबाब दिएको बताएका  हुन् ।

उनले भने,' राष्ट्रिय सभाको अध्यक्षको निर्वाचनको बारेमा छलफल भयो । र त्यस सम्बन्धमा चाहिँ अन्तिम निर्णय भोलि हुन्छ । अधिकांशले चाहिँ राष्ट्रिय सभाको अध्यक्ष छोड्नु हुन्न भन्ने मत राख्नुभएको छ । हालै सम्पन्न नेपाली काँग्रेस महासमिति बैठकमा चलेको चर्चाहरूको बारेमा पनि छलफल भयो ।’

उनले सो विषयमा भोलि थप छलफल हुने बताए । राष्ट्रिय सभा अध्यक्ष नेपाली काँग्रेस नेता कृष्णप्रसाद सिटौला हुने चर्चा चलिरहेका छ । तर माओवादी स्थायी कमिटीका नेताहरूले भने सो पद पार्टीले छोड्न नहुने मत राख्दै आएका छन् । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ