arrow

आचार्यको उपचारमा भएको खर्चमा सरकारले सहयोग गर्ने [भिडियो]

logo
हाम्रा कुरा
प्रकाशित २०८० फागुन १५ मंगलबार
prachanda-bhaktaraj.jpg

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहालले स्व. भक्तराज आचार्यको उपचारमा भएको खर्चबारे सरकारले आवश्यक सहयोग गर्ने प्रतिबद्धता जनाएका छन् । 

सोमबार निधन भएका आचार्यको पार्थिव शरीर मंगलबार अन्तिम श्रद्धाञ्जलीका लागि नाट्य प्रतिष्ठानमा राखेसँगै श्रद्धाञ्जली अर्पण गर्न पुगेका प्रधानमन्त्री दाहालले सो प्रतिबद्धता जनाएका हुन् । 

उनले वरिष्ठ गीतकार, सङ्गीतकार भक्तराज आचार्यको निधनले देशलाई अपूरणीय क्षति पुगेको बताए । उनले स्व. आचार्यले गीत, सङ्गीतको क्षेत्रमा पुर्‍याएको योगदान अजर अमर रहने बताए । उनले उनका सिर्जनाहरू कालजयी रहने बताए ।

उनले भने, ‘वरिष्ठ गीतकार, सङ्गीतकार भक्तराज आचार्यको निधनले हामी सबैलाई स्तब्ध बनाएको छ । शोकको यो घडीमा सबैभन्दा पहिला त म भजन शिरोमणिको रूपमा स्थापित भक्तराज आचार्यप्रति हार्दिक श्रद्धाञ्जली व्यक्त गर्न चाहन्छु । सबै शोकाकुल परिबार र सबै सङ्गीत र कलाको क्षेत्रमा समर्पित व्यक्तित्वहरूलाई पनि समवेदना व्यक्त गर्दछु । हामी सबै शोकमा छाँै र लामो अस्वस्थतापछि आज हामी उहाँको अन्तिम बिदाइ गर्दै छौँ । सबैलाई यसले भावविह्वल बनाएको छ । उहाँले गीत सङ्गीतको क्षेत्रमा जुन योगदान गर्नुभएको छ, त्यो अमर अजर नै रहन्छ । कालजयी नै छन् उहाँका योगदानहरू । त्यसले गीत सङ्गीतका क्षेत्रलाई लामो समयसम्म उत्प्रेरणा दिइरहनेछ, दिशा निर्देश गर्नेछ नै । उहाँको उपचारको सन्दर्भमा भएको खर्चका सम्बन्धमा र आउने दिनमा गर्नुपर्ने अन्य कामहरूको बारेमा म परिवारका अन्य सदस्यहरू जो आफैँ पनि सङ्गीत र कलाको क्षेत्रमा स्थापित हुनुहुन्छ, कुराकानी गरेर जे गर्न सकिन्छ, नेपाल सरकारको तर्फबाट त्यो सहयोग हुने विश्वास व्यक्त गर्दछु ।’



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ