arrow

संसदीय समितिको नेतृत्व चयनका लागि कार्यदल गठन

logo
हाम्रा कुरा
प्रकाशित २०८० फागुन १५ मंगलबार
bagmati-pradhesh-shabha.jpg

मकवानपुर । फागुनभित्र संसदीय समितिको नेतृत्व चयन गर्न बागमती प्रदेशका राजनीतिक दल सहमत भएका छन् । आइतबार बसेको सर्वदलीय बैठकमा उक्त सहमति भएको हो । 

नेतृत्व चयनका लागि बैठकले दलका सचेतकको नेतृत्वमा एउटा कार्यदलसमेत गठन गरेको छ । कार्यदलको संयोजकमा नेपाली कांग्रेस बागमती प्रदेश संसदीय दलका सचेतक गोविन्द लम्साल छन । कार्यदललाई १० दिनभित्र आवश्यक छलफल गरी प्रतिवेदन तयार गर्न निर्देशन दिइएको छ । 

प्रदेशसभा बैठक सञ्चालन गर्ने सम्बन्धमा सबै दल सकारात्मक रहे पनि ठोस निर्णय भने सर्वदलीय बैठकमा हुन सकेन । संसद् सञ्चालनका विषयमा दलबीच सहमति जुट्न नसकेपछि यही फागुन १५ गते बिहान ८ बजे पुनःसर्वदलीय बैठक बस्ने गरी आइतबारको बैठक स्थगित भएको थियो । सो बैठकमा सत्तापक्ष र विपक्षी दलबीचको सहमति, अन्तद्वन्द्वलाई समाधान गर्ने प्रयास हुने जनाइएको छ ।

बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले हिजोको छलफलमा संसद् सञ्चालनको विषयसहित अन्य विषयमा छलफल भए पनि सहमति जुट्न नसकेको बताए । उनले सदन सञ्चालनका विषयमा सबै दल सकारात्मक रहे पनि अन्य विषयमा भने सहमति जुट्न नसकेको उनको भनाइ छ । संसद् र संसदीय समितिको नेतृत्वका विषयमा पनि दलबीचको समस्या समाधान भएको उनको भनाइ छ । उनका अनुसार सरकार र प्रतिपक्ष दलबीचको सहमतिलगायत विषयमा अन्य विकल्पमा सहमति खोज्ने प्रयास जारी छ ।

प्रमुख प्रतिपक्ष नेकपा (एमाले) बागमती प्रदेश संसदीय दलका नेता जगन्नाथ थपलियाले छलफलमा सहमति जुट्न नसकेको र प्रयास जारी रहेको बताए । उनले सरकार र प्रतिपक्षबीचको सहमतिका विषयमा गम्भीररूपमा छलफल भइरहेको उल्लेख गरे । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ