arrow

समन्वय गरेर काम गर्नुस् : मुख्यमन्त्री

logo
हाम्रा कुरा
प्रकाशित २०८० फागुन १५ मंगलबार
saroj-kumar-yadav-chief-minister-madhes.JPG
तस्बिर-फाइल

धनुषा । मुख्यमन्त्री सरोजकुमार यादवले अन्तर्राष्ट्रिय, राष्ट्रिय गैरसरकारी सङ्घ संस्थाका मधेश प्रदेशस्थित प्रतिनिधिलाई प्रदेश सरकारसँग समन्वय गरेर काम गर्न अपिल गरेका छन् ।

विकास साझेदारसँगको सहकार्य र आगामी कार्यदिशाका बारेमा आयोजित अन्तरक्रिया कार्यक्रममा मुख्यमन्त्री यादवले समन्वय गरेर काम गर्दा सबै पक्षलाई फाइदा हुने र नतिजा प्रभावकारी हुनेसमेत बताए । 

भौतिक पूर्वाधार विकास मन्त्री कृष्णाप्रसाद यादवले विकास साझेदार काठमाडौँमा बस्ने र तिनका प्रतिनिधि राजमार्ग बस्ने प्रवृत्ति ठीक नभएको बताए । 

अर्थमन्त्री सञ्जयकुमार यादवले मधेशलाई गरिब राखेर देश समृद्ध हुन्छ भन्ने प्रश्न गर्दै गैरसरकारी संस्थामा कामप्रतिको संवेदनशीलता नदेखिएको बताए । मन्त्री यादवले परिणाममुखी कार्यका लागि आपसी सहकार्य र समन्वयको आवश्यकतामा जोड दिए ।

नीति आयोगका उपाध्यक्ष नाथुप्रसाद चौधरीले मिलेर काम गरे सजिलै अघि बढ्न सकिने बताए । उनले कार्यक्रम भइसकेपछि पुनः मूसिका भव भने जस्तो हुन नहुने बताए । 

गैर-सरकारी संस्थाका प्रतिनिधि प्रमित अधिकारीले मधेशकाबारेमा धेरै अफवाह फैलिएको बताउँदै यहाँ काम गर्न सजिलो रहेको अनुभव सुनाए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ