arrow

शुरू भयो ईसेवा लाइफ केयर,पाँच लाख ३० हजारसम्मको आर्थिक सुरक्षा पाइने 

logo
हाम्रा कुरा
प्रकाशित २०८० फागुन १३ आइतबार
esew-insurance-80-11-13.jpg

काठमाडौँ । नेपालको पहिलो र अग्रणी भुक्तानी सेवा प्रदायक ईसेवाले ईसेवा केयरको सफलतासँगै ईसेवा लाइफ केयर योजना सार्वजनिक गरेको छ । 

यसअघि दुर्घटना तथा बिरामी पर्दाको अवस्थालाई मध्यनजर गर्दै सार्वजनिक गरिएको ईसेवा केयरलाई ग्राहकले अत्याधिक मन पराएपछि अहिले जीवनकै बिमा हुने गरी ईसेवा लाइफ केयर योजना सार्वजनिक गरिएको हो । 

ईसेवा लाइफ केयर एक टर्म लाइफ जीवन बिमा प्याकेज हो, जसले ५ लाख ३० हजार सम्मको जीवन बिमाको ग्यारेन्टी गर्दछ । यो जीवन बिमा योजना सन लाइफ इन्स्योरेन्स् र हिमालयन एभरेष्ट इन्स्योरेन्स्सँगको सहकार्यमा सञ्चालन गरिएको हो । 

यस योजनामा ईसेवा केयरमा जस्तै विभिन्न स्वास्थ्य सम्बन्धी सेवाहरूमा अफर तथा छुटहरू समेत समावेश गरिएको छ । यस योजनामा वार्षिक रू ७ सयमा शुरुआती मूल्यमा ५ लाख ३० हजार रूपैयाँको लाइफ केयर प्रदान गर्दछ ।

यस योजनाले सस्तो मूल्यमा १८ देखि ४५ वर्ष उमेरसम्मको बिमाका साथै अन्य स्वास्थ्य सुविधाहरू प्रदान गर्न मद्दत गर्ने अपेक्षा गरिएको छ । यस योजनामा उमेर अनुसार प्रिमियम रकम पनि फरक हुनेछ । 

यसअघि दुर्घटना तथा बिरामी पर्दाको अवस्थालाई मध्यनजर गर्दै सार्वजनिक गरिएको ईसेवा केयरलाई ग्राहकले अत्यधिक मन पराएपछि यसमा जीवन बिमा पनि समावेश गरी ईसेवा लाइफ केयर योजना सार्वजनिक गरिएको हो ।

ईसेवा लाइफ केयर योजनामा टर्म लाइफ कभरेज २ लाख ५० हजार, दुर्घटना उपचार खर्च एक लाख, अस्पतालको बेड चार्जमा १० हजार, दुर्घटनाबाट भएको मृत्युमा एक लाख २० हजार, गम्भीर रोगको ५० हजार र ३० भन्दा बढी स्वास्थ्य र सौन्दर्य सम्बन्धित सेवामा ३५ प्रतिशतसम्म छुट प्राप्त गर्न सकिन्छ । 

ईसेवा प्रयोगकर्ताले यो सेवा लिन शुरुमा ईसेवाको मोबाइल एप्स् अथवा वेबपेजमा जानुपर्नेछ । 
ईसेवा लाइफ केयर खरिद कसरी गर्ने ?
१. ईसेवा केयर अप्सनमा क्लिक गर्नुपर्नेछ । 
२. त्यसपछि त्यहाँ ईसेवा केयर र ईसेवा लाइफ केयरको अप्सन देखिनेछ । 
३. ईसेवा लाइफ केयरमा क्लिक गरि मागिएका विवरण भरेर भुक्तानी गरेपछि यो सेवा लिन सकिनेछ । 
४. यस योजना खरिद गर्नका लागि प्रयोगकर्ता ईसेवामा केवाइसी प्रमाणित हुनुपर्नेछ भने खरिद गरेको २४ घन्टामा यो योजना लागू हुनेछ । 
५. प्रयोगकर्ताले बिमा सेवाको उपभोग गर्न बिमा गरेको प्रमाण साथमा राख्नुको साथै दाबीका लागि आवश्यक कागजात बोक्नुपर्नेछ । ईसेवा प्रयोगकर्ताले दुर्घटना, अस्पताल भर्ना, मृत्यु दाबीका लागि हिमालयन एभरेष्ट इन्स्योरेन्स्मा सम्पर्क गरि आवश्यक कागजात पेश गरी भुक्तानीका लागि दाबी गर्नुपर्नेछ । 
हाल देशभर ईसेवाको मोबाइल एप्स् डाउनलोड गर्नेको संख्या १ करोड २ लाख भन्दा बढि पुगेको छ । यसैगरी अप्रत्यक्ष रूपमा करिब एक करोड ९० लाख जनसङ्ख्याले ईसेवा मार्फत सेवा लिइरहेका छन् । हाल ईसेवाका देशभर करिब २ लाख २० हजारको संख्यामा एजेन्ट नेटवर्क रहेको छ । ईसेवाले केन्द्रिय कार्यालय सहित सातै प्रदेशबाट सेवा दिइरहेको छ । ईसेवाबाट इन्स्योरेन्स्को प्रिमियम भुक्तानी, मोबाइल, टेलिफोन, इन्टरनेट, बिजुली तथा खानेपानीको महशुल भुक्तानी, विभिन्न सरकारी कार्यालयहरूको शुल्क भुक्तानी, हवाइजहाज, बसको टिकट, स्कुल कलेजको शुल्क लगायतका करिब ४ लाख मर्चेन्ट तथा सेवा तथा सुविधाको भुक्तानी गर्न सकिन्छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ