arrow

रायमाझीलाई अलीमियाँ पुरस्कार

logo
हाम्रा कुरा
प्रकाशित २०८० फागुन १२ शनिबार
narayan-rayamajhi.jpg

पोखरा । यस वर्षको अलीमियाँ लोकवाङ्मय सम्मान पुरस्कार लोकगायक तथा संस्कृतिकर्मी नारायण रायमाझीलाई प्रदान गरिने भएको छ ।

लोककवि अलीमियाँको १०६ औं जन्मजयन्ती समारोहका सन्दर्भमा फागुन १५ गते रायमाझीलाई पुरस्कार अर्पण गरिनेछ ।

अली मियाँ लोक वाङ्मय प्रतिष्ठानद्वारा स्थापित पुरस्कारको राशि ५० हजार रुपैयाँ, सम्मानपत्र र दोसल्ला छ ।

विगत ४ दशकभन्दा अघिदेखि लोकवाङ्मयमार्फत् लोकसाहित्यमा विशेष योगदान गर्नुका साथै नेपाली फिल्ममा समेत लोकगीतलाई समावेश गरी नेपाली संस्कृतिको उन्नयनमा रायमाझीको उल्लेखनीय भूमिका छ ।

यसअघि उक्त पुरस्कारबाट जनकविकेशरी धर्मराज थापा, लोकगायिका हरिदेवी कोइराला, खिमबहादुर गन्धर्व, प्रेमराज महत, बमबहादुर कार्की, भेडीखर्के साइँला, चूडामणि बन्धु, मोतीलाल पराजुली, डा. बाबुराम अधिकारी, चेतन कार्की, डा. जगमान गुरुङ सम्मानित भइसकेका छन् ।

पुरस्कारका लागि प्राडा कुसुमाकर न्यौपाने संयोजक, रामबहादुर कोइराला र लोकचन्द्र खनाल सदस्य रहेको प्रतिभा चयन उपसमितिको सिफारिस प्रतिष्ठानको कार्यसमिति बैठकले अनुमोदन गरी रायमाझीलाई सम्मान गर्ने निर्णय भएको सचिव पदमराज ढकालले जानकारी दिए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ