arrow

शनिदेवकाे प्रिय दिनमा राशिफल

logo
हाम्रा कुरा
प्रकाशित २०८० फागुन १२ शनिबार
rashifal-horoscope-6.jpg

आजको पञ्चाङ्ग

मिति २०८० फागुन १२ गते शनिबार, इस्वीसंवत फरवरी २४ तारिक सन् २०२४, शालिवाहनीयशाके १९४५, नेपाल संवत् ११४४, पिंगल नामको संवत्सरः, सूर्य पृथ्वीको उत्तरी गोलार्द्धमा छन् । शिशिर ऋतु चलिरहेको छ । चान्द्रमान अनुसार माघशुक्लपक्ष चलिरहेको छ । सौरमान अनुसार आज माघशुक्लपक्षको पूर्णिमा तिथि साँझमा ५ः२८ बजेसम्म त्यसपछि प्रतिपदा तिथि लाग्नेछ । नक्षत्रमा मघा रातिमा १०ः०२ मिनेटसम्म त्यसपछि पूर्वाफाल्गुनी लाग्नेछ । विष्कुम्भादि योगमा अतिगण्ड ५ घटि ३९ पलासम्म त्यसपछि सुकर्म योग लाग्नेछ । करणमा बालब अहोरात्र रहनेछ । आनन्दादि योगमा पद्य रहनेछ ।

सूर्य कुम्भ राशिमा, चन्द्रमा सिंह राशिमा रहनेछ । आज दिनमान २८ घटि २९ पला अर्थात ११ घण्टा २६ मिनेटको रहनेछ । आज सूर्योदय काठमाडौं केन्द्र विन्दुमा रही बिहान ६ः३६ बजे यम मुहूर्तमा हुनेछ भने सूर्यास्त साँझ ठीक ६ः०० बजे हुनेछ । यस्तै, चन्द्रमा उदाउने आज साँझमा ५ः५४ बजे र अस्ताउने समय भोलि बिहानमा ६ः३४ बजे रहेको छ । आज श्रीस्वस्थानी व्रत समाप्ति तथा माघ स्नान समाप्तिको दिन रहेको छ ।

आजको राशिफल

मेष : आज पनि समय ठीक छैन । जे काम गर्न खोज्यो बाधामात्रै पर्न सक्नेछ । काम गर्ने वातावरण पनि राम्रो नमिल्ने, जता गयो काममा ढिलासुस्ती तपाईंको मन पनि अस्थिर भइरहने छ । आँटेका र शुरु गरेका काम थोरै पूरा हुने, धेरै अधूरा रहने देखिन्छ । नयाँ व्यवसायमा ठूलो लगानी नगर्नु नै वेस हुनेछ । आज जे काम गर्दा पनि विशेष सतर्क हुनुपर्ने देखिन्छ । आज टाढाको यात्रा सकभर नगर्दा नै राम्रो हुनेछ । स्वास्थ्य पनि त्यति सबल नरहने र मनमा उत्साहको कमी हुनेछ । आज लेनदेन गर्दा आफूलाई घाटा हुन सक्ने भएकाले विचार पुर्याउन आवश्यक देखिन्छ ।

वृष : आज समय शुभ रहनेछ, आम्दानीका नयाँ स्रोत थपिने देखिन्छ । नोकरी गर्नेहरुका लागि राम्रो मौकाहरु आउन सक्ने देखिन्छ । व्यवसाय गर्नेहरुले राम्रो नाफा कमाउन सक्छन् । स्वास्थ्य राम्रो रहनुका साथै पारिवारिक सद्भाव कायम रहनेछ । जग्गा जमिनसम्बन्धी जुनसुकै पेशा अथवा नगदेवालीबाट फाइदा राम्रै पाइने देखिन्छ । धार्मिक कार्यक्रममा दिन बित्नेछ । पुराना इष्टमित्र भेट हुनेछन् । आज तपाईं जे चाहनु हुन्छ त्यो काम बन्ने देखिन्छ । नयाँ व्यवसायमा लगानी आज गर्दा निकै राम्रो हुनेछ । आज विद्यार्थीहरुको पढाई पनि राम्रो हुन सक्ने दिन रहेको छ । आजको दिनमा शेयर बजारको क्षेत्रबाट पनि राम्रो लाभ लिन सकिन्छ ।

मिथुन : आज समय मध्यम खालको छ । स्वास्थ्य मजबूत रहनेछ । आँटेका काम सबै पूरा नभए पनि हतासको अनुभव नगर्नुहोला । व्यवसायबाट राम्रो नाफा आर्जन हुन सक्छ भने साझेदारी कामबाट विशेष फाइदा हुन सक्छ । आज पति वा पत्नीको सहयोगले महत्वपूर्ण काम सम्पन्न हुनेछ । पारिवारिक जीवन र प्रेम जीवनमा समझ्दारी र विश्वास कायम सक्छ । आज विद्यार्थीको पढाईमा प्रगति हुन सक्छ । आज दिनमा २ बजेपछि ठूलो लगानी गर्नु जोखिमपूर्ण छ । तत्काल पेशा परिवर्तन, ठूलो लगानी, कसैलाई नगद पैसा दिने काम नगर्नु नै वेश हुनेछ । पेट दुख्ने तथा चोटपटक लाग्न सक्ने भएकाले स्वास्थ्यमा विशेष ध्यान दिनुपर्छ ।

कर्कट : आज समय खराब रहनेछ । घरेलु समस्याले सताउने तथा आमाको स्वास्थ्यमा खराबी आउन सक्छ । आफन्त तथा आफ्नो भन्नेहरुले तपाईको काममा बाधा तथा अवरोध गर्नेछन् । पढाइ लेखाइ सुस्त गतिमा अघि बढ्नेछ । माया प्रेममा आफ्नो मन मिल्ने मायालुलाई समय दिन नसक्दा सामान्य मनमुटाव सिर्जना हुनेछ । स्वास्थ्यमा आकस्मिक खराबी आउन सक्ने, औषधि उपचार गरेर पनि छिटो स्वास्थ्य सुधार नहुने देखिन्छ । राजनीतिकर्मीका लागि अन्य दिन भन्दा आजको समय मध्ययम रहेको छ । कृषि, सहकारी तथा पशु चौपायाको व्यावसाय फस्टाएर जानेछ । पारिवारिक जमघटमा मिष्ठान्न भोजन ग्रहण गर्ने अवसर जुर्ने दिन रहेको छ ।

सिंह : आज समय शुभ छैन । दैनिक खर्च बढ्ने तथा आर्थिक व्यवस्थापन गर्न नजान्दा दिन प्रतिकुल बन्नेछ । आफन्त तथा अपरिचित व्यक्तिको विश्वास गर्नाले धोका पाईनेछ । स्वास्थ्यमा समस्या आउनाले उपचार खर्च बढ्नेछ । न्यायलयसँग सम्वन्धित काममा आज अलमल हुनेछ भने न्यायिक निर्णयहरु तपाईँको पक्षमा नआउन सक्छ, ध्यान दिनुहोला । सरकारी कार्यालयबाट लिने काम बन्ने छैन । पढाइ लेखाइमा प्रतिस्पर्धीहरु नै हावी हुनेछन् । आश्रित कर्मचारी, आफ्ना छोराछोरी पनि तपाईंको पक्षमा देखिंदैनन् । स्वास्थ्य पनि भरपर्दो नरहला । अनावश्यक खर्चले सताउला । आज सबै काममा सावधानी राख्नु नै बेस हुनेछ । आज पश्चिम दिशाको यात्रामा जाँदा कुनै पनि काम बन्ने छैन ।

कन्या : आज समय राम्रो रहनेछ । पढाइ लेखाइमा मन जाने हुनाले सफलता हात पार्न सकिनेछ । छोटो दुरीको आन्तरिक यात्राको तय गर्न सकिनेछ । दाजुभाईबाट सहयोग पाईने हुनाले आँट तथा साहस गरि लगानी बढाउन सकिनेछ । माया प्रेममा नजिक हुने समय रहेकोछ । सकारात्मक सोचको माध्ययमबाट रुढीवाढी परम्परालाई चिरफार गर्न सकिनेछ । लेखनकलाको माध्यमबाट अन्धविश्वासलाई चिर्दै समाज रुपान्तरण गर्नमा तपाईको सक्रिय भूमिका रहनेछ । सेवामूलक काम वा शिक्षा क्षेत्रको कामबाट मनग्गे धन आर्जन गर्न सकिनेछ । प्रेममा रमाउन चाहनेहरुका लागि समय राम्रो रहेको छ । मनमा उत्साह बढ्नेछ । नयाँ जागीर खाने ईच्छा भएमा प्रयास गरेमा सफलता मिल्ने देखिन्छ ।

तुला : आज स्वास्थ्य राम्रो रहनेछ । व्यापार बढ्नुको साथै आम्दानीमा बढोत्तरीको योग रहेकोछ । रमाईलो वातावरण समय व्यतित गर्न सकिनेछ । गायन तथा कलाकारिता क्षेत्रमा समय लगानी गर्नेहरुले नाम तथा दाम दुवै कमाउन सक्नेछन् । शुभचिन्तक तथा आफन्तको साथ सहयोगले उपलव्धीमूलक कामहरु गर्न सकिनेछ । बौद्धिकताको प्रयोगमार्फत चेतनाको स्तर उकास्न सकिनेछ । माया प्रेमको गाठो सकिनेछ । शिक्षा क्षेत्रसँग सम्वन्धित व्यापारमा लगानी गरी मनग्गे धन आर्जन गर्न सकिनेछ । हितैषीसबाट उपहार तथा भौतिक सम्पती प्राप्त हुनेछ । गीत, संगीत, साहित्यलगायत सांस्कृतिक कार्यक्रममा जाने निम्ता पनि पाइनेछ । धेरै मित्रहरु भेट्न पनि पाइने छ । तपाईंलाई आज सबै प्रकारले राम्रो हुन सक्ने देखिन्छ ।

वृश्चिक : आज समय खराब छ । राजनीति तथा सामाजिक काममा आलोचना गर्नेहरु सक्रिय हुनेछन् । विरोधीहरुको सक्रियता बढ्ने हुँदा काम गर्दा ध्यान दिनुहोला । भौतिक सम्पती तथा सवारी साधनको कारोबार गर्दा पनि ध्यान दिनुहोला । आहारविहार नमिल्दा स्वास्थ्यमा समस्या आउनेछ । पेट दुख्ने तथा शरीरको कुनै भागमा चोट लाग्ने सम्भावना देखिन्छ । गाडी र मोटरसाइकल चलाउँदा पनि विशेष ख्याल गर्नुहोला । दैनिक खर्च बढ्ने तथा आर्थिक व्यवस्थापन गर्न नजान्दा दिन प्रतिकुल बन्नेछ । धनमाल हराउने अथवा चोरी हुन सक्ने भएकाले आज टाढाको यात्रामा विशेष ध्यान दिन आवश्यक देखिन्छ । आज तपाइँको हातबाट कारोबार पनि नगर्नुहोला ।

धनु : आज समय अत्यन्तै खराब छ । भूमिबाट प्रशस्त लाभ मिले पनि घर–जग्गा वा स्थायी सम्पत्तिमा केही विवाद आउन सक्छ । आमाको स्वास्थ्यस्थिति कमजोर बन्नाल चिन्ता बढ्न सक्छ । पारिवारिक असमझदारीले पनि चिताएको काममा बाधा उत्पन्न हुनेछ । तापनि साथीभाइ र बन्धुबान्धवको सहयोग जुट्नाले परिस्थिति अनुकूल बनाउन सफल भइनेछ । भौतिक वस्तु तथा सवारी साधनको कारोबार गर्दा ध्यान दिनुहोला । आफन्त तथा साथी भाईसँग मनमुटाव सिर्जना हुने योग रहेकोछ । व्यापारमा लगानी गरी हाल्ने समय नरहेकोले गरिरहेको कामलाई निरन्तरता दिनुहोला । माया प्रेममा एक अर्कालाई शंका गर्नाले छुट्टिनुपर्ने बाध्यता आउनेछ । लामो दुरीको धार्मिक प्रतिष्ठान तथा मन्दिर दर्शनका लागि यात्राको तय गर्न पनि सकिनेछ ।

मकर : आज स्वास्थ्य मध्यम खालको रहनेछ । सरकारी तथा प्रशासनिक काममा सम्मानजनक उपस्थिति रहनेछ । परिवारजनको सहयोगले नयाँ योजनाहरु बनाउन सकिनेछ । खोज तथा अनुसन्धानको क्षेत्रमा सकारात्मक नतिजा हात लाग्नेछ भने अध्यानमा प्रगति भएर जानेछ । प्रेम तथा मित्रताको गाँठो कसिलो भएर जानेछ । सन्तुलित भोजन र शारीरिक व्यायाम राम्रो भएमा स्वास्थ्य ठीकठाक रहनेछ । नौलो ठाउँ, नौला व्यक्तिसँगको भेटघाटले मनमा प्रशन्नताको अनुभव हुनेछ । लगानीका लागि आवश्यक पर्ने पैसाको मेलोमेसो जुट्नेछ । आज टाढाको यात्रा पनि सजिलै हुने देखिन्छ । मिष्ठान्न भोजनसमेत मिल्ने देखिन्छ । सरकारी काम सफल हुनाले आज तपाइँको मन प्रशन्न हुनेछ ।

कुम्भ : आज समय शुभ रहनेछ । पदीय प्रमोसन अथवा पैसा परिश्रम अनुसारको हात पर्ने समय रहेको छ । नोकरीमा प्रवेश, पदोन्नति वा अनुकूल स्थान प्राप्ति हुने सम्भावना छ । सामाजिक तथा राजनीतिक कार्यमा लाग्नेहरूलाई पनि विशेष फाइदा हुनेछ । भूमि तथा चल-अचल सम्पत्ति जोड्ने समय छ । परिवारमा सुख-समृद्धि बढ्नेछ । स्वास्थ्यमा भने केही समस्या देखापर्न सक्छ । उद्योगतर्फ मर्मतसम्भारमा खर्च बढ्नेछ भने व्यापार–व्यवसायमा थप लगानी जुटाउनुपर्ने हुन सक्छ । समय शुभ रहे तापनि घरमा चोरी हुनबाट जोगाउनु होला, टाढाको यात्रामा पनि विशेष ध्यान दिनुहोला ।

मीन : आज समय खराब रहनेछ । भौतिक सम्पती तथा सवारी साधन प्रयोग गर्दा ध्यान दिनुहोला । आज नराम्रा घट्नाहरु हुन सक्छन् । घर परिवार तथा दिदीबहिनीसँग मनमुटाव बढ्नेछ । खानपानमा ध्यान दिनुहोला । नत्र स्वास्थ्य सम्बन्धी समस्याले सताउनेछ । तपाईंका शत्रु जुनसुकै प्रकारले काम बिगारिदिने प्रयासमा छन् । आज खर्च गरेका, लगानी गरेका कामको भविष्य राम्रो छैन । आज काम सुरुआत नगर्नु नै बेस हुनेछ । खानपानमा विशेष सतर्क हुनुहोला ।
 

साइतः सूर्य कुम्भ राशिमा, चन्द्रमा सिंह राशिमा रहनेछ । त्यसैले उत्तरबाहेक अन्य दिशाको यात्रा नगर्नुहोला । आज शनिबार परेकाले पूर्व दिशाको यात्रा गर्दै नगर्नुहोला । आज पश्चिम, पूर्व र दक्षिणतर्फको यात्रा पनि बाध्यताबश गर्नैपरेको छ भने धार्मिक उपाय अपनाएर शुभ बेलामा गर्दा राम्रो हुनेछ ।

शुभ लाभादि बेला (दिवा)

बिहान ६ः३३ बजेदेखि ०७ः५९ बजेसम्म काल बेला
बिहान ०७ः५९ बजेदेखि ९ः२५ बजेसम्म शुभ बेला
बिहान ९ः२५ बजेदेखि १०ः५१ बजेसम्म रोग बेला
बिहान १०ः५१ बजेदेखि १२ः१७ बजेसम्म उद्धेग बेला
मध्यान्ह १२ः१७ बजेदेखि १ः४२ बजेसम्म चर बेला
दिनमा १ः४२ बजेदेखि ३ः०८ बजेसम्म लाभ बेला
दिनमा ३ः०८ बजेदेखि ४ः३४ बजेसम्म अमृत बेला
दिनमा ४ः३४ बजेदेखि ६ः०० बजेसम्म काल बेला

शुभ लाभादि बेला (रात्रि)

साँझ ६ः०० बजेदेखि ७ः३४ बजेसम्म शुभ बेला
साँझ ७ः३४ बजेदेखि ९ः०८ बजेसम्म रोग बेला
राति ९ः०८ बजेदेखि १०ः४२ बजेसम्म उद्धेग बेला
राति १०ः४२ बजेदेखि १२ः१६ बजेसम्म चर बेला
राति १२ः१६ बजेदेखि १ः५० बजेसम्म लाभ बेला
राति १ः५० बजेदेखि ३ः२४ बजेसम्म अमृत बेला
रातिमा ३ः२४ बजेदेखि ४ः५८ बजेसम्म काल बेला
बिहानमा ४ः५८ बजेदेखि ६ः३२ बजेसम्म शुभ बेला

यसमा चर भन्दा शुभ, शुभ भन्दा लाभ राम्रो, लाभ भन्दा अमृत सबैभन्दा राम्रो मानिन्छ । त्यसैले जे काम गर्दा पनि शुभ, लाभ र अमृत बेला पार्नुहोला ।

राहुकाल समय : बिहानमा ९ः०० देखि १०ः३० बजेसम्म राहुकाल अर्थात सबैभन्दा खराब समय रहनेछ । यो समय भित्र यात्रा, लेनदेन, ठूलो लगानी, नयाँ निर्णय केही पनि गर्नु परिणाम राम्रो हुँदैन ।

राहुकाल समय : बिहानमा ९ः०० देखि १०ः३० बजेसम्म राहुकाल अर्थात सबैभन्दा खराब समय रहनेछ । यो समय भित्र यात्रा, लेनदेन, ठूलो लगानी, नयाँ निर्णय केही पनि गर्नु परिणाम राम्रो हुँदैन ।

नोट : यो पञ्चांगको सूर्योदय, सूर्यास्त, तिथि, नक्षत्र, योग, करण आदिमा उल्लिखित समयादि काठमाडौं, नेपालको अक्षांश २७ः४२ उत्तर तथा देशान्तर ८५ः१८ पूर्व र नेपालको निर्धारित राष्ट्रिय समयलाई आधार मानी सूर्यसिद्धान्तको प्रयोग गरी गणना गरिएको हो, साथै राशिफल लेख्दा चन्द्रमाको दैनिक गति, चन्द्रमामा पर्ने शनि एवं बृहस्पतिको दृष्टि, वेदस्थान र विपरीत वेदस्थान समेतको गणना गरिएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ