arrow

आजबाट राप्रपाको जनप्रदर्शन

logo
हाम्रा कुरा
प्रकाशित २०८० फागुन ९ बुधबार
rpp-jhakjhakaudai.jpg

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टीको जनआन्दोलनको कार्यक्रम आजबाट शुरु हुँदैछ । 

राप्रपाले राजसंस्था र हिन्दु राष्ट्रको पुनः स्थापना, प्रदेश संरचनाको खारेजी, बलियो केन्द्र र अधिकारप्राप्त स्थानीय तह रहेको दुई तहको सरकार, भ्रष्टाचार नियन्त्रण, सुशासनको प्रत्याभूति लगायत राष्ट्रियता, विकास, सुशासन, सेवा प्रवाह एवं जनजीविकासँग प्रत्यक्ष सम्बन्धित तथा मुलुकको दीर्घकालीन हितका विभिन्न ४० बुँदे माग राखी जनप्रदर्शन गर्न लागेको हो । 

आजबाट काठमाडौं सहित देशभरका विभिन्न स्थानमा विरोध प्रदर्शन गर्ने र प्रधानमन्त्रीलाई ज्ञापन पत्र बुझाउने तथा दबाबमूलक कार्यक्रम गर्ने बताइएको छ । 

राप्रपाले यो आन्दोलन व्यवस्था परिवर्तनको आन्दोलन भएकाले पार्टीका सबै नेता-कार्यकर्ताहरुलाई गम्भीर भएर लाग्न निर्देशन दिइसकेको छ । 

आफूले राखेका मागहरू पूरा नभएसम्म आन्दोलन स्थगित नगर्ने राप्रपाको अडान छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ