arrow

देउवा महासमितिमा व्यस्त हुँदा प्रचण्ड र ओलीबीच वार्ता

logo
हाम्रा कुरा
प्रकाशित २०८० फागुन ९ बुधबार
prachanda-oli-2080-always-2.jpg
तस्बिर – फाइल ।

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र प्रमुख प्रतिपक्षी दलका नेता केपी शर्मा ओलीबीच संसदमा दर्ता भएको संक्रमणकालीन न्याय (टीआरसी) सम्बन्धी विधयेक टुंग्याउने विषयमा छलफल भएको छ । 

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा महासमिति बैठकमा व्यस्त भएको र आगामी निर्वाचनमा गठबन्धन गर्न नहुने बहस चलिरहेका बेला टीआरसी विधेयकबारे बालुवाटारमा मंगलबार साँझ छलफल भएको हो । 

प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटमा समसामयिक राजनीतिक विषयमा कुराकानी भएको प्रधानमन्त्री निकट स्रोतले जानकारी दिएको छ । मंगलबार दिउँसो मात्र पार्टीको केन्द्रीय समिति बैठकमा ओलीले पुस १३ गते ललितपुरको बालकुमारीमा भएको घटना सम्बन्धमा आयोगले दोषी करार गरेका व्यक्तिलाई मन्त्रीबाट नहटाएको भन्दै प्रधानमन्त्री प्रचण्डको कडा आलोचना गरेपछि भेटघाट भएको हो । 

ओलीले आफैँले बनाएको आयोगले दोषी करार गर्दा पनि भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले राजीनामा नगरेको भन्दै आपत्ति जनाएका थिए । 

सत्ता गठबन्धनमा एकपछि अर्को अविश्वास पैदा भैरहेका बेला प्रचण्ड र ओलीबीच भएको भेटलाई अर्थपूर्ण रुपमा हेरिएको छ ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ