arrow

बालकुमारी घटनाका दोषी मन्त्रीमाथि ओलीको आक्रोश

मन्त्रीले न राजीनामा गर्छ, न प्रधानमन्त्रीसँग हटाउने हुत्ती छ : ओली

logo
हाम्रा कुरा
प्रकाशित २०८० फागुन ८ मंगलबार
kp-oli-11-08.jpg

काठमाडौँ । प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले बालकुमारी घटनामा दोषी करार भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वालाले राजीनामा नदिएकोमा आपत्ति जनाएका छन् । ओलीले सरकार आफैँले बनाएको जाँचबुझ आयोगले दोषी करार गर्दा पनि राजीनामा नदिने मन्त्री ज्वालालाई नैतिकता हराएको मन्त्री र त्यस्ता मन्त्रीलाई हटाउन नसक्ने प्रधानमन्त्री पुष्पकमल दाहाललाई हुत्तिहाराको संज्ञा समेत दिए । 

पार्टी मुख्यालय च्यासलमा शुरु भएको पार्टी केन्द्रीय कमिटी बैठकमा बोल्दै उनले दुई जना मानिसको ज्यान समेत गएको घटनामा दोषी करार मन्त्री ज्वालाले कुनै पनि हालतमा पदमा बसिरहन नमिल्ने बताए । अध्यक्ष ओलीले सोही घटनालाई चित्रण गर्दै वर्तमान सरकारले लोकतन्त्रको मजाक उडाएको र लोक लाज पचाएको जिकिर समेत गरे ।

उनले भने, ‘दोषी हो मन्त्री भनेर तोकिएको छ । सरकारले नै बनाएको आयोगले मन्त्री दोषी हो । मन्त्रीको गलत क्रियाकलापले गर्दा खेरी त्यहाँ मान्छे मर्ने स्थिति आयो । तोकेर भनिएको छ । यस्तो सरकार छ कि । मन्त्रीसँग नैतिकता भन्ने चिज नै छैन, न राजीनामा गर्छ । न सरकारसँग, प्रधानमन्त्रीसँग हटाउने हुत्ती छ । नैतिकता नभएको मन्त्री, हुत्तिहारा प्रधानमन्त्री । यस्ता मन्त्रीहरूलाई, जस बनाएको आयोग, आफैँले बनाएको अयोगले दोषी करार गरेको छु, जुन दोषका कारणले मान्छेको ज्यान गएको छ । जसका कारण प्रहरीहरू कारबाहीमा परेका छन् । जुन दोषको कारणले त्यहाँ अप्रिय स्थिति सृजना भएको छ । मान्छेहरू घाइते भएका छन् । अनि त्यस्तो मन्त्री बसिरहन मिल्छ ? लोकतन्त्रको यस्तो मजाक उठाउन मिल्छ ? यो गठबन्धनले यही गरिराखेको छ । लोक लाज पनि छैन यो गठबन्धनलाई । यस्तो अवस्थामा हामी छौं ।’

ओलीले वर्तमान सरकारले मुलुकलाई आर्थिक सङ्कटबाट मुक्त गराउन नसक्ने दाबी समेत गरे । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ