arrow

रुखमा भोट हाल्न लगाउने मुद्दा

अन्ततः गले देउवा, महामन्त्रीको प्रस्तावमा सहमत 

कांग्रेसले नयाँ निर्वाचनमा अरूको चुनाव चिन्हमा भोट हाल्न नपर्ने, रुखमा भोट हाल्न लगाउने

logo
हाम्रा कुरा
प्रकाशित २०८० फागुन ८ मंगलबार
deuba-gagan-thapa-.jpg

काठमाडौँ ।  नेपाली कांग्रेसका महामन्त्री गगन थापाको साङ्गठनिक प्रस्तावमा अन्ततः सभापति शेरबहादुर देउवा सहमत भएका छन्  । कांग्रेस नेता कार्यकर्तालाई रुखमा भोट हाल्न मुद्दामा महामन्त्री थापाले राखेको अडानका बीच  सो प्रस्तावमा देउवा सहमत भएका हुन् । 

योसँगै महामन्त्री थापाको साङ्गठनिक प्रस्ताव सभापति शेरबहादुर देउवा र उनी निकटको टिमले सहमति जनाएपछि महासमिति बैठकमा साङ्गठनिक प्रस्ताव प्रस्तुत हुने भएको छ। महामन्त्री र सभापतिबीच सहमति भएसँगै गए राति नै प्रस्ताव प्रेसमा गइसकेको छ । 

आइतबारदेखि पटक पटक महामन्त्रीको साङ्गठनिक प्रस्तावमाथि  सहमति जुटाउने प्रयास भए पनि  सोमा सहमति हुन सकेको थिएन । सोमबार देउवा निवास बुढानीलकण्ठमा करिब पदाधिकारी र पूर्वपदाधिकारी सहभागी बैठकमा महामन्त्री थापाको प्रस्तावबारे केन्द्रित रहेर छलफलसँगै सहमति जुटेको हो । 

खागगरि नेपाली कांग्रेसका मतदाता र शुभेच्छुकहरूलाई नेपाली कांग्रेसको चुनाव चिन्ह रुखमा मतदान गर्ने वातावरण बनाउने गरि 'प्रि पोल एलाइन्स' नगर्ने सन्दर्भमा महामन्त्री थापाले प्रस्ताव राखेका थिए । प्रस्ताव उपर सभापति देउवा र उनको टिम सकारात्मक हुन सकेको  थिएनन् । 

महामन्त्री थापाले अहिलेको 'प्रि पोल एलाइन्स'को सन्दर्भमा पार्टीले अहिले कांग्रेसका नेता कार्यकर्ता तथा शुभेच्छुकलाई कांग्रेसको चुनाव चिन्ह रुखमा मत हाल्ने वातावरण बनाउने कुरालाई यो महासमितिले आश्वस्त पार्नुपर्ने बताउँदै  देउवामाथि दबाब बढाएका थिए । 

अब विधान अनुसार २०८२ मंसिर मसान्तभित्र १५ औं महाधिवेशन र २०८४ मा तीन वटै तहको चुनावमा 'प्रि पोल एलायन्स' नगरि पार्टीका कार्यकर्ता, शुभेच्छुकलाई रुखमै मत हाल्ने पाउने भएका छन् ।

साथै  विवादित  २९ निर्वाचन क्षेत्रका महासमिति सदस्यलाई पर्यवेक्षकको रूपमा सहभागी गराउने गरि निर्णय भएको छ । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ