arrow

उपकुलपति नियुक्तमा ओलीको टिप्पणी

तीन जनामा पनि तेस्रो नै नियुक्त होला जस्तो लाग्छ मलाई त : ओली [भिडियो]

प्रधानमन्त्रीले असफल मध्येका असफललाई उपकुलपति नियुक्त गर्दैछन्

logo
हाम्रा कुरा
प्रकाशित २०८० फागुन ७ सोमबार
oli-new-2080-11-07.jpg

काठमाडौँ । प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले) का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले असफलसिद्ध व्यक्ति त्रिभुवन विश्वविद्यालयको उपकुलपति नियुक्त हुन लागेको भन्दै असन्तुष्टि जनाएका छन् 

। उपकुलपति छनौटमा भागबन्डा नभई एकलौटी गर्ने नयाँ तरिकाअनुसार प्रधानमन्त्री पुष्पकमल दाहालले असफलसिद्ध भइसकेको व्यक्तिलाई सो विश्वविद्यालयको उपकुलपति बनाउन लागेको ओलीको जिकिर थियो । 

सोमबार काठमाडौँमा आयोजित एक भेलामा बोल्दै उनले ३ जना असफलसिद्ध भइसकेका व्यक्तिलाई छनौट गरेर सरकारले तीमध्ये पनि सबभन्दा असफल तेस्रो नम्बरका व्यक्तिलाई सो विश्वविद्यालयको उपकुलपति नियुक्त गर्लान् भन्ने अनुमान आफूले गरेको पनि बताए । 

शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री अशोककुमार राई नेतृत्वको सिफारिस समितिले चित्रबहादुर बुढाथोकी, केशरजंग बराल र टंकनाथ धमलाको नाम प्रधानमन्त्रीलाई सिफारिस गरेको छ । त्यसमा पनि तेस्रो नम्बरका व्यक्ति उपकुलपति हुने ओलीको अनुमान थियो । अध्यक्ष ओलीले वर्तमान सरकारले सत्ताका लागि जस्तोसुकै काम गर्न पनि पछि नपरेको दोहोर्‍याए ।

उनले भने, ‘गठबन्धनका सबै सत्ताका लागि जेसुकैमा पनि कम्परमाईजन गर्नेहरू हुन् । जे का लागि पनि कम्परमाईज गर्दछन् । त्यो खालको स्थिति अझै पनि छँदै छ । अहिले त नयाँ तरिका निकालेको छ–भागबन्डा नगर्ने, एकलौटी गर्ने । अहिले चाहिँ मेरिटोक्रेसीको आधारमा लिने, एउटा समिति बनाउने, छानबिन गर्ने, यताउता गर्ने । अनि, असफलसिद्ध भइसकेका मान्छेहरूको छनौट गर्ने । अहिले ३ जना सिफारिस भएको छ क्यार । तीन जनामा पनि तेस्रो नै नियुक्त होला जस्तो लाग्छ मलाई त छाँटकाँट हेर्दा । किनभने अलि बढ्तै असफल भएको मान्छे चाहियो नि । त्यसो भएर तृतीय नम्बर चाहिँ नियुक्त हुनुहोला कि जस्तो मेरो अनुमान नहुन पनि सक्ला । यो खालको स्थिति अहिले पनि छ । अर्थात् डेमोक्रेटिक म्यानर, डेमोक्रेटिक बिह्याविअर, डेमोक्रेटिक प्राक्टिस अझै पनि नेपालमा स्थापना हुन सकेन । हामीले बसालेको लोकतान्त्रिक थिति पनि गठबन्धनले भत्काउँदै छ, उकाउँदैछ । सबै थितिहरू फ्याँक्दै छ ।’



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ