arrow

कविताः सधै 

logo
कविता गौतम,
प्रकाशित २०८० फागुन ५ शनिबार
kabita-gautam-2080-11-05.jpg

परिस्थिति जति नै कठिन किन नहोस् 
मनस्थिति सधै बलियो बनाउन सकूँ 
काँडैकाडा किन नहोस् बाटो भरि
 खाली खुट्टा हिड्ने सामर्थ्य राख्न सकूँ
अनगिन्ती लियोस् परीक्षा जिन्दगीले
 डटेर सामना गर्न सक्ने आट राख्न सकूँ
निराशा भित्र दबिएका आशाहरूलाई चिन्न सकूँ
पराजय अनगिन्ती किन नहोस् 
तर त्यो पराजयभित्र जितको किरण भेट्न सकूँ ।

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ