arrow

विश्वकप लिग–२ मा नेपालको खराब शुरुआत, नामिबियासँग ४ विकेटले पराजित 

logo
हाम्रा कुरा
प्रकाशित २०८० फागुन ३ बिहिबार
nepal-namibia-2024-02-15-ca.jpg

काठमाडौँ । आईसीसी क्रिकेट विश्वकप लिग– २ मा नेपालले खराब शुरुआत शुरुआत गरेको छ । नेपालले घरेलु मैदानमा भएको पहिलो खेलमै पराजय भोगेको हो । 

कीर्तिपुर मैदानमा नेपाल नामिबियासँग ४ विकेटले पराजित भयो । कमजोर ब्याटिङ गरेको नेपालले ४१.१ ओभरमात्र क्रिजमा टिकेर १३२ रन बनाउन सक्यो । 

नेपालका लागि भिम शार्कीले सर्वाधिक ४४ रन बनाए । गुल्सन झाले २१ रन जोडे । करण केसीले १६ रन जोडे । नामिबियाका गहार्ड इरास्मसले सर्वाधिक ५ विकेट लिए । 

जवाफमा नामिबियाले ३३.१ ओभरमा ६ विकेटको क्षतिमा सहजै जित हासिल गर्यो । नेपालका लागि सोमपाल कामीले ३, ललित राजबंशीले २ तथा रोहित पौडेलले १ विकेट लिए पनि टिमलाई जिताउन सकेनन् । 

नामिबियाका लागि जान फ्राइलिंकले ३४ रन बनाए । 
 
घरेलु मैदानमा विश्वकप लिग–२ को नयाँ सर्कल बिहीबारदेखि शुरु भएको हो । उक्त लिगमा २४ त्रिदेशीय श्रृंखलाअन्तर्गत पहिलो श्रृंखला नेपालमा भइरहेको हो । 

आगामी सन् २०२७ सम्म चल्ने उक्त लिग–२ मा नेपालसहित आठ टोलीको सहभागिता रहेको छ । 

पहिलो श्रृंखलामा नेपाल, नामिबिया र नेदरल्यान्ड्सबीच प्रतिस्पर्धा भइरहेको हो । 

अन्य टिममा क्यानडा, ओमान, स्कटल्याण्ड, यूएई र अमेरिका रहेका छन् ।  
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ