arrow

विश्वकप लिग–२ शुरुः नामिबियाविरुद्ध नेपालको नाजुक प्रदर्शन 

logo
हाम्रा कुरा
प्रकाशित २०८० फागुन ३ बिहिबार
nepal-cricket-2024-02-15.jpg

काठमाडौँ । आईसीसी क्रिकेट विश्वकप लिग २ अन्तर्गतको पहिलो खेलमा नेपालले नामिबियाविरुद्ध खराब शुरुआत गरेको छ । टस हारेर पहिले ब्याटिङ गरेको नेपालले घरेलु मैदानमा नाजुक खेलेको छ ।

कीर्तिपुर मैदानमा नेपालले २१.४ ओभरमा ७३ रन बनाउँदा ६ विकेट गुमाइसकेको छ । शीर्ष क्रमका सबै ब्याट्सम्यान आउट भएका छन् । 
 
घरेलु मैदानमा विश्वकप लिग–२ को नयाँ सर्कल आजदेखि शुरु भएको हो । उक्त लिगमा २४ त्रिदेशीय शृङ्खलाअन्तर्गत पहिलो शृङ्खला नेपालमा हुन लागेको हो । 

आगामी सन् २०२७ सम्म चल्ने उक्त लिग–२ मा नेपालसहित आठ टोलीको सहभागिता हुनेछ । पहिलो श्रृंखलामा नेपाल, नामिबिया र नेदरल्यान्यड्सबीच प्रतिस्पर्धा हुन लागको हो ।  
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ